२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रहरी चौकीमा आक्रमण, आठ प्रहरी अधिकारीको मृत्यु, १८ जना घाइते

२९ भाद्र २०७५, शुक्रबार १०:५०

भदौ २९, अफगानिस्तान | रासस/सिन्हवा | अफगानिस्तानको उत्तरी प्रान्त समानगानमा अवस्थित एक प्रहरी चौकीमा तालिबान लडाकूले बिहीबार राति आक्रमण गरेका छन् । यस आक्रमणमा परी कम्तीमा आठ प्रहरी अधिकारीको मृत्यु हुनुका साथै अन्य १८ जना घाइते भएको प्रहरीले जनाएको छ । 

सन् २०१४ को अन्त्यदेखि ‘अफगान युद्ध’ को नीतिमा फेरबदल गरेको नेटोआवद्ध संयुक्त गठबन्धनले अफगानिस्तानमा तैनाथ सेनाको संख्या कटौती गर्नुका साथै गाउँगाउँमा सेनाको गस्ती वा प्रत्यक्ष संलग्नता त्यागेको थियो । 

पछिल्लो समय नेटो आबद्ध सेनाले अफगानी सेनालाई तालिम र हवाई सहयोग गरिआएको छ । 

अफगानिस्तानमा पछिल्ला दिनहरुमा तालिबान समूह र इस्लामिक स्टेट्सलगायतका आतङ्ककारी समूहहरुले अफगान सेना र प्रहरीमाथि भीषण आक्रमण गर्नुका साथै देशको ठूलो भूभाग आफ्नो नियन्त्रणमा लिएका छन् । अतिवादी समूहको आक्रमणबाट अफगानी सर्वसाधारण र सुरक्षाफौजमा व्यापक क्षति भएको छ । 

सन् २०१७ को अक्टोबरमा तालिबान आतङ्ककारी समूहले दुई छुट्टाछुट्टै इलाकामा गरेको आत्मघाती बम र बन्दुक आक्रमणमा परी करीब ८० जना प्रहरी र सैनिकको मृत्यु भएको थियो । यस आक्रमणमा परी दर्जनौँको सङ्ख्यामा सुरक्षा अधिकारी घाइते भएका थिए ।

पाक्तिया प्रान्तको गार्डेज शहरको एक प्रहरी कार्यालयमा भएको बम आक्रमणमा परी ६० सुरक्षा अधिकारीको मृत्यु भएको थियो । सोही दिन घाज्नी प्रान्तमा भएको एम्बुस आक्रमणमा परी १५ सुरक्षा अधिकारी र पाँच सर्वसाधारणको मृत्यु भएको थियो । 

सन् २०१७ अप्रिल २७ मा अफगानिस्तानको उत्तरी शहर मजार–ए–सरिफमा सैनिक पोशाकमा प्रवेश गरेका तालिबान लडाकूहरुले चलाएको गोलीबाट मस्जिद र भोजन हलमा रहेका निहत्था एकसय ४४ जना सैनिकको हत्या गरेका थिए । 

त्यसैगरी मार्च ८ मा अफगानिस्तानको सबैभन्दा ठूलो सैनिक अस्पतालमा आईएस लडाकूहरूले आक्रमण गरेका थिए । काबुलमा रहेको सो अस्पतालमा भएको छ घण्टा लामो आक्रमणमा परी ५० जनाको मृत्यु भएको थियो । तर सुरक्षा स्रोत र सर्वेक्षणकर्ताले मृत्यु हुनेको सङ्ख्या १०० पुगेको बताएका थिए । 

मे ३१ तारिखमा अफगानिस्तानको राजधानी काबुलमा भएको एक अर्को भीषण ट्रक बम हमलामा १५० भन्दा बढी व्यक्ति मारिनुका साथै सयौं घाइते भएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर