२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२१ वर्षे ‘हिरो’ जसले आफ्नो ज्यान दिएर सयौंको ज्यान बचाए

२०७५, १६ आश्विन मंगलवार ०७:३०

असोज १६, काठमाडौँ । इन्डोनेशिया भूकम्पले तहसनहस भएको छ । शुक्रबार देशमा आएको ७.५ म्याग्निच्युडको विनाशकारी भूकम्पले कम्तीमा आठ सय ४४ को ज्यान लिएको छ 

शुक्रबार जब इन्डोनेशियाको धर्ती हल्लियो तब २१ वर्षका एन्थोनियस गुनावान एगुअंग पालू एयरपोर्टको कन्ट्रोल टावरमा तैनाथ छ । उनले बाटिक एयरलाइनको एक विमानलाई उडान भर्नका लागि अनुमती दिइरहेका थिए ।

भूकम्प आएलगत्तै एगुअंगका सहयोगी नियन्त्रण टावर छोडेर बाहिर निस्किए तर उनी भने विमानले रनवेबाट उडान नभरेसम्म त्यहाँ बसिरहे ।


विमान उड्ने बित्तिकै भूकम्पको झट्का तीब्र भयो । एकैछिनमा नियन्त्रण टावरको चार तल्ले भवन भत्कियो । आफूलाई बचाउनका लागि एगुअंग झ्यालबाट हाम फाले जसका कारण उनको हात, खुट्टा र शरिरका विभिन्न हड्डी टुट्यो ।

उनलाई विमानमार्फत अस्पताल पुर्याइनु थियो तर विमान पुग्नु अगावै अगुआंगको मृत्यु भयो ।

एक हिरोः

इन्डोनेशियाको एयर नेभिगेशनका प्रवक्ता योहानेस सिरैतले एबीसीसँग भने, ‘एगुअंगको निर्णयले लाखौंको जीवन बच्यो ।’

इन्डोनेशियाको एयर नेविगेशनले एगुअंगको तस्बिर ट्वीटरमा साझा गर्दै श्रद्धाञ्जली दिएको छ । यी तस्बिरमा उनको पार्थिव शरिरलाई इन्डोनेशियाली सेनाका जवानले अन्तिम यात्राका लागि लैजादैं छन् ।

एगुअंगको यो साहसले भरिएको कहानी इन्टरनेटमा छाएको छ र उनलाई ‘हिरो’ बताइएको छ । बाटिक एयरलाइनका क्याप्टेन रिकोस्टा मेफेलाले एगुअंगप्रति आभार प्रकट गर्दै उनले बोलेको अन्तिम शब्द इन्स्टाग्राममा लेखेका छन् ।

इन्डोनेशिया भूकम्प र सुनामीको कहर झेलिरहेको छ । शुक्रबार आएको आपदमा कम्तिमा आठ सय ४४ मारिएका छन् । मृतकको संख्यामा वृद्धि हुनसक्ने आशंका गरिएको छ । बीबीसी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै