२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियाका पुर्वप्रधानमन्त्रीकी श्रीमतीलाई १७ आरोप

२०७५, १८ आश्विन बिहीबार १७:००

असोज १८, क्वालालमपुर (रासस/एएफपी) | विश्वमै अत्यन्त विलासी जीवनशैली भएकी महिलाको रुपमा चिनिएकी मलेसियाका एक जना पूर्वप्रधानमन्त्रीकी श्रीमतीलाई भ्रष्टाचार गरेको आरोप लागेको छ । 

पुर्वप्रधानमन्त्री नाजिब रजाककी श्रीमती रोस्मा मनसुरलाई भ्रष्टाचार नियन्त्रण सम्वन्धी निकायले १७ ओेटा आरोप लगाएको हो । 

पूर्ववर्ती सरकारकी प्रभावशाली महिला मनसुरले करोडौ अमेरिकी डलर बराबरको कालोधनलाई आफ्नो बनाएकोलगायतका आरोपहरू लगाइएको छ । 

अधिकारीहरूले दिएको जानकारी अनुसार उहाँले आरोपहरूको खण्डन गर्नुभएको छ । उहाँलाई लगाइएको आरोपहरू पुष्टी भएमा उहाँलाई आजीवन कारावास सजाय हुने मलेसियामा कानूनी व्यवस्था छ । 

निकै महङ्गो सामानहरू किन्ने र उपयोग गर्ने बानी भएको मानिने ६६ बर्षिया मनसुरले महङ्गा गहना तथा हाते झोला आदि किन्ने गरेको चर्चा हुने गरेको थियो । 

उहाँका श्रीमान् नाजिबलाई पनि अनियमितता सम्वन्धी दुई दर्जन भन्दा बढी आरोप लगाइएको छ । 

शक्तिमा रहेको नौ बर्षे अवधिमा उहाँले राज्यशक्ति र श्रोत साधनको दुरुपयोग गरेको आरोप लगाइएको अधिकारीहरूले जनाएका छन् । 

नाजिबले भ्रष्टाचार गरेको आरोपलाई मुख्य चुनावी मुद्दा बनाउनु भएका पुर्वप्रधानमन्त्री महाथिर मोहमदले सरकारको नेतृत्व गरेपछि पूर्ववर्ती सरकारका उच्चअधिकारीहरूमाथि छानविन थालिएको हो । 

राजनीतिबाट सन्यास लिएका ९३ बर्षीय महाथिरले देशलाई गलतबाटोबाट फर्काउनका लागि आफु फेरि राजनीतिमा फर्किनु परेको बताउनु भएको थियो । 

उहाँको यही आह्वानलाई समर्थन गर्दै मलेसियाका मतदाताले महाथिरलाई अत्यधिक मतका साथ विजयी गराएपछि उहाँले सरकार बनाउनु भएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै