२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कयौंपटक बलात्कारको सिकारमा परेकी मुरादलाई नोवेल शान्ति पुरस्कार

१९ आश्विन २०७५, शुक्रबार १२:०७

असोज १९, काठमाडौँ (बीबीसी) | सन् २०१८ को नोबल शान्ति पुरस्कार डेनिस मुकवेगे र नदिया मुरादलाई प्रदान गरिएको छ ।  मुराद एक इराकी याजिदी हुन् जसलाई आईएस सैन्यले पक्राउ गरेर यातना दिइएको थियो । पछि उनी याजिदी जनहरुलाई मुक्त गर्ने अभियानको मुहार बनेकी थिइन् । 

मुकवेगे एक कंगोली स्त्रीरोगविज्ञ हुन्, जसले आफ्नो सहकर्मीहरुसँग मिलेर दशौं हजार पीडितहरुको उपचार गरेका थिए ।  नर्वेको राजधानी ओस्लोबाट उनीहरुलाई पुरस्कारको विजेताको रुपमा घोषित गरिँदा उनीहरुलाई ‘युद्धमा यौन हिंसालाई हितियारको रुपमा भइरहेको अवस्थालाई रोक्न गरेको प्रयास’ स्वरुप सम्मानित गरिएको नोबेल कमिटीका प्रमुख बेरिट रेइस एन्डरसनले भने । 


पुरस्कृत अभियन्ता दुबैले यस्तो युद्ध अपराधमा ध्यान पुर्याउन र तिनका बिरुद्ध लड्न महत्वपूर्ण योगदान पुर्याएको एण्डरसनले भने ।  २५ वर्षे मुराद आईएसको कब्जामा तीन महिनासम्म यौनदासी भएर बस्न बाध्य भइन् । उनी कयैनपटक किनिदैं बेचिइन् र बन्दी अवधिमा यौन तथा शारीरिक शोषणको सिकार भइन् । 

सन् २०१४ नोभेम्बरमा पक्राउमुक्त भएपछि उनी याजिदी समुदायको अधिकारको वकालत गर्ने अभियन्ता भइन् । सो क्रममा उनले मानव तस्करी अन्त्य गर्न र बलात्कारलाई युद्ध हतियारको रुपमा प्रयोग गर्ने विरुद्ध कडा कदम चाल्नको लागि अभियान चलाइन् । 

त्यस्तै ६३ वर्षे मुकवेगेले लोकतान्त्रिक गणतन्त्र कंगोमा बलात्कार पीडितको सहयोगमा दशकौं बिताए ।  उनले आफ्नो सहकर्मीसँग मिलेर ३०,००० बलात्कार पीडितहरुको उपचार गरेको भनिन्छ । नोबल शान्ति पुरस्कारको राशी १० लाख अमेरिकी डलर रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा