२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गाजा क्षेत्रमा तीनको मृत्यु, ३ सय ७६ जना घाइते

२०७५, २० आश्विन शनिबार ११:२५

असोज २०, गाजा | प्यालेस्टाइन र इजरायलको विवाद भएको गाजा क्षेत्रमा शुक्रबार भएको झडपमा परी कम्तीमा तीन जनाको मृत्यु भएको छ । 

घटनामा अन्य ३७६ जना घाइतेसमेत भएका स्थानीय अधिकारीलाई उद्धृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् । 

मृत्यु भएका तीनै जना प्यालेस्टाइनी नागरिक हुन् भने प्रदर्शनमा हजारौँ प्यालेस्टाइनी प्रदशर्नकारी सहभागी भएका थिए । 

इजरायलसँगको सीमा क्षेत्रमा पर्ने पूर्वी गाजामा प्यालेस्टाइनीले प्रदर्शन सुरु गरेपछि प्रहरीले हस्तक्षेप गरेको समाचारमा जनाइएको छ । 

गाजाको स्वास्थ्य मन्त्रालयका प्रवक्ता असरफ अल क्वेद्राले तीन जना प्यालेस्टाइनीको मृत्यु भएको र तीमध्ये एक जना बच्चा पनि रहेको पुष्टि गर्नुभयो । 

उनीहरुको गाजा सहरमा इजरायली सुरक्षाकर्मीले प्रहार गरेको गोली लागी मृत्यु भएको अधिकारीले जनाएका छन् । 

घाइतेमध्ये १९२ जनालाई अस्पताल भर्ना गरिएको छ । तीमध्ये १२६ जनालाई इजरायली सुरक्षाकर्मीको गोली लागेको उहाँले जानकारी दिनुभयो । 

घाइतेमध्ये दुइजना स्वास्थ्यकर्मी, दुइजना पत्रकार पनि रहेका छन् । उनीहरुमध्ये केही महिला पनि रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै