२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हराएका पत्रकारको खोजी गर्न साउदी टोली टर्कीमा

२६ आश्विन २०७५, शुक्रबार १७:४७

असोज २६, अङ्कारा (रासस/सिन्ह्वा) | टर्कीमा हराएका आफ्नो देशका पत्रकारको खोजी गर्न साउदी अरबको टोली शुक्रबार टर्की आइपुगेको छ । 

राजधानी स्तानबुलबाट गत हप्ता हराएका पत्रकार जमाल खशोगीको खोजीका लागि थप पहल गर्न साउदी अरबको टोली टर्की आइपुगेको हो । 

साउदीको टोलीले टर्कीको पनि एउटा टोलीसँग मिलेर दुवै पक्षको संयुक्त टोलीमार्फत खोजी गर्ने योजना बनाएको छ । 

टर्कीका सञ्चारमाध्यमले साउदी पत्रकार खशोगीलाई बेपत्ता पारिएको घटनासँग सम्बन्धित प्रमाण भन्दै सीसीटीभी दृश्य सार्वजनिक गरेका थिए । 

पहिला राम्रो सम्बन्ध भए पनि पछि साउदी राजपरिवारको कडा आलोचक बन्नु भएका पत्रकार खशोगी टर्कीस्थित साउदी वाणिज्य दूतावासबाट यही अक्टोबर २ देखि बेपत्ता हुनु भएको हो । 

टर्कीकी एउटी महिलासँग विहेको छिनोफानो गरेका खशोगी आफ्नी पत्नीसँग सम्बन्ध विच्छेद गर्नुपर्ने कानुनी प्रक्रियाका लागि साउदी दूतावास जानु भएको थियो । 

टर्कीका अधिकारीहरूले ५९ वर्षीय खशोगीको हत्या भएको बताएका छन् भने साउदी अरबले त्यसको खण्डन गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर