२०८२, २८ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ताइवानमा रेल दुर्घटना, छानबिनको आदेश

२०७५, ५ कार्तिक सोमबार ०७:५५

कात्तिक ५, ताइवान | ताइवानका राष्ट्रपति चाइ इङ–वेनले आइतबार भएको रेल दुर्घटनाको बारेमा तत्काल छानबिन गर्न आदेश दिनुभएको छ । ताइवानमा विगत २७ वर्षकै सबैभन्दा भयानक मानिएको उक्त रेल दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो । 

ताइवानको पूर्वी तटीय क्षेत्रमा पुयुमा एक्सप्रेस दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा अरु एकसय ८७ जना घाइते भएका थिए । 

अधिकारीहरुले रेलमा यात्रारत केहीको सनाखत अझै हुन नसकेको बताएका छन् । दुर्घटनास्थलबाट यात्रीको विस्तृत विवरण खोजतलास गर्ने कार्य अझै भइरहेको बताइएको छ । 

दुर्घटनाग्रस्त पुयुमा एक्सप्रेसका डब्बालाई हटाउन ठुल्ठूला क्रेनको प्रयोग गरिएको छ । रेलका सबै आठवटा डब्बा रेलको लिकबाट बाहिर उछिट्टिएका थिए । वर्षाका कारण उद्धार कार्यमा समस्या रहेको रेल अधिकारीहरुले जनाएका छन् । 

उक्त क्षेत्रमा रेलसेवा आंशिक रुपमा शुरु भएको छ । ताइवानका राष्ट्रपतिले सोमबार बिहानै दुर्घटनास्थलको स्थलगत अवलोकन गर्नुभएको छ । 

उहाँले दुर्घटनाको कारण तत्काल पत्ता लगाउन आदेश दिइएको संवाददाताहरुलाई बताउनुभयो । 

स्थानीय टेलिभिजनले प्रसारण गरेको भिडियो फुटेजमा रेल दुर्घटना भएलगत्तै यात्रुहरुले झ्याल फुटाएर बाहिर निस्किएको देखिएको थियो । 

यात्रुहरुले रेल दुर्घटना हुनुअघि जोडले हल्लिएको र तीव्र गतिमा रहेको बताएका छन् । “रेल दुईपटक रोकिएको थियो र त्यसैबेला हामीले रेलमा केही समस्या भएकाले मर्मत आवश्यक छ भनेर जानकारी दिएका थियौं,” एक जना यात्रु चिउले बताउनुभयो । 

“हामीले रेलको गति अति बढी रहेको अनुभव गरेका थियौं, त्यसपछि ठूलो आवाज आयो र हामी आफ्ना सिटबाट उडेका थियौं,” उहाँले भन्नुभयो । उहाँले त्यसबखत धेरै यात्रु सुतिरहेका थिए । 

यो रेल दुर्घटना सन् १९९१ यताकै सबैभन्दा डरलाग्दो हो । त्यसबखत पश्चिमी ताइवानको मियाओलीमा दुईवटा रेल जुधेर भएको दुर्घटनामा ३० जना यात्रुको मृत्यु हुनुका साथै एकसय १२ जना घाइते भएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न