२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ताइवानमा रेल दुर्घटना, छानबिनको आदेश

५ कार्तिक २०७५, सोमबार ०७:५५

कात्तिक ५, ताइवान | ताइवानका राष्ट्रपति चाइ इङ–वेनले आइतबार भएको रेल दुर्घटनाको बारेमा तत्काल छानबिन गर्न आदेश दिनुभएको छ । ताइवानमा विगत २७ वर्षकै सबैभन्दा भयानक मानिएको उक्त रेल दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो । 

ताइवानको पूर्वी तटीय क्षेत्रमा पुयुमा एक्सप्रेस दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा अरु एकसय ८७ जना घाइते भएका थिए । 

अधिकारीहरुले रेलमा यात्रारत केहीको सनाखत अझै हुन नसकेको बताएका छन् । दुर्घटनास्थलबाट यात्रीको विस्तृत विवरण खोजतलास गर्ने कार्य अझै भइरहेको बताइएको छ । 

दुर्घटनाग्रस्त पुयुमा एक्सप्रेसका डब्बालाई हटाउन ठुल्ठूला क्रेनको प्रयोग गरिएको छ । रेलका सबै आठवटा डब्बा रेलको लिकबाट बाहिर उछिट्टिएका थिए । वर्षाका कारण उद्धार कार्यमा समस्या रहेको रेल अधिकारीहरुले जनाएका छन् । 

उक्त क्षेत्रमा रेलसेवा आंशिक रुपमा शुरु भएको छ । ताइवानका राष्ट्रपतिले सोमबार बिहानै दुर्घटनास्थलको स्थलगत अवलोकन गर्नुभएको छ । 

उहाँले दुर्घटनाको कारण तत्काल पत्ता लगाउन आदेश दिइएको संवाददाताहरुलाई बताउनुभयो । 

स्थानीय टेलिभिजनले प्रसारण गरेको भिडियो फुटेजमा रेल दुर्घटना भएलगत्तै यात्रुहरुले झ्याल फुटाएर बाहिर निस्किएको देखिएको थियो । 

यात्रुहरुले रेल दुर्घटना हुनुअघि जोडले हल्लिएको र तीव्र गतिमा रहेको बताएका छन् । “रेल दुईपटक रोकिएको थियो र त्यसैबेला हामीले रेलमा केही समस्या भएकाले मर्मत आवश्यक छ भनेर जानकारी दिएका थियौं,” एक जना यात्रु चिउले बताउनुभयो । 

“हामीले रेलको गति अति बढी रहेको अनुभव गरेका थियौं, त्यसपछि ठूलो आवाज आयो र हामी आफ्ना सिटबाट उडेका थियौं,” उहाँले भन्नुभयो । उहाँले त्यसबखत धेरै यात्रु सुतिरहेका थिए । 

यो रेल दुर्घटना सन् १९९१ यताकै सबैभन्दा डरलाग्दो हो । त्यसबखत पश्चिमी ताइवानको मियाओलीमा दुईवटा रेल जुधेर भएको दुर्घटनामा ३० जना यात्रुको मृत्यु हुनुका साथै एकसय १२ जना घाइते भएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा