२०८२, २८ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अफगानिस्तानमा अचानक भएको विस्फोटमा परी एघार आतङ्ककारी मारिए

२०७५, ६ कार्तिक मंगलवार ११:३७

कात्तिक ६, अफगानिस्तान | दक्षिण आफगानिस्तानमा आफैले बनाएको विस्फोटक पदार्थ विस्फोटमा परी कम्तीमा एघार तालिबान आतङ्ककारी मारिएका छन् । 

स्थानीय अधिकारीहरुले मङ्गलबार सो जानकारी दिएका छन् । सोमबार अबेर राती मिजान र छिमेकमा पर्ने अर्घान्दाब जिल्लामा आतङ्ककारी दुई समूहले सुरक्षा अधिकारी लक्षित यो विस्फोटक पदार्थ बोकेका थिए । 

सोही विस्फोटक पदार्थ बिस्फोटमा परी एघार जना तालिबान आतङ्ककारी मारिएका प्रान्तीय प्रहरी प्रमुख मोहमद मुस्ताफा मयारले सिन्ह्वा समाचार समितिलाई बताउनु भएको छ । 

तालिबान र इस्लामिक स्टेट्स (आइएस) आतङ्ककारी समूहले सुरक्षा अधिकारीहरु लक्षित बारम्बार सडक किनारमा रहेको बम र बारुदी सुरुङ्गको हमला गर्दै आएका छन् । 

सोमबार भएको यस विस्फोटमा परी सर्वसाधारणलाई भने कुनै क्षति नभएको बताइएको छ । गत आइतबार विस्फोटक पदार्थ विस्फोटमा परी सात बालबालिकासहित ११ सर्बसाधारणको मृत्यु भएको थियो । 

अफगानिस्तानको पूर्वी प्रान्त नान्घार्हार प्रान्त गुडिरहेको एक सवारी साधन विस्फोटक पदार्थ ठोक्किँदा उक्त दुर्घटना भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न