२०८२, २८ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

“कतार वल्र्डकप कार्बनरहित हुन्छ”

२०७५, ७ कार्तिक बुधबार १५:३२

कात्तिक ७, दोहा (रासस/एएफपी) | आउँदो सन् २०२२ मा कतारमा हुने तय भएको विश्वकप फुलबल प्रतियोगिता कार्बनरहित हुने बताइएको छ । 

आयोजक राष्ट्र कतारका वातावरण मन्त्रीले बुधबार आयोजित एक सम्मेलनमा शून्य कार्बनसहितको विश्वकप बनाउने जानकारी दिनुभएको हो । 

मन्त्री मोहम्मद बिन अब्दुल्लाह अल रुमैहीले विश्वकपका लागि बनाइने सवै संरचनाहरू कार्बनरहित हुने दाबी गर्नुभयो । 

“विश्वकप आयोजनाका लागि गठित सर्वोच्च समितिले आफ्ना सबै काममा कार्बनरहित बनाउने गरी योजना बनाइरहेको छ,” उहाँले भन्नुभयो । 


विश्वकै सबैभन्दा ठूलो फुटबल मेलालाई स्मरणीय बनाउन र विश्वकै चिन्ताको विषयको रूपमा रहेको कार्बन न्यूनीकरणको सन्देश दिन यस प्रतियोगितालाई कार्बनरहित बनाउन लागिएको उहाँले बताउनुभयो । 

मरुभूमिमा रहेको मुलुक कतारले प्रतियोगितालाई कार्बनरहित बनाउन ठूलो रकम थप खर्च गर्नुपर्ने भएको छ । 

विश्वकपका लागि थुप्रै भवन, सडक, आठ वटा रङ्गशालालगायत धेरै ठूला निर्माणका कार्य गर्न लागिएको अधिकारीहरूले बताएका छन् । 

यसै वर्ष रुसमा भएको भन्दा भव्य र सम्झनलायक बनाउने गरी कतारले विश्वकपका लागि तयारी शुरु गरिसकेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न