२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदी सत्ताको डरलाग्दो रुप: दूतावासमै पत्रकारको हत्या ! आफ्नै ४ राजकुमारलाई छाडेन

८ कार्तिक २०७५, बिहीबार १०:५३

रियाद/जर्मनी | अमेरिकी अखबार वॉशिंगटन पोस्टका पत्रकार जमाल खशोगीलाई टर्की स्थित साऊदी अरबको दूतावासमा हत्या गरेर साऊदी सत्ताले राजघरानाको डरलाग्दो रुप देखाएको छ, जुन कुरा हालसम्म गुपचुप थियो । दुतावास भित्रै पत्रकारको हत्या भएको यो संसारकै पहिलो घटना हो ।

तश्विरमा: पत्रकार जमाल खशोगी

यो डरलाग्दो पक्षले साउदी सत्ता र राज घराना बिरुद्ध आवाज उठाउनेहरुको आवाज सदाको लागि दबाईदिने र गायब गर्ने गरेको कुरालाई स्पष्ट पारिदिएको छ, जुन कुरा हलीवुड फिल्म जस्तो लाग्छ ।

२ अक्टूबरको दिन इस्तानबुल स्थित साऊदी दूतावासमा पुगेका पत्रकार खशोगी, त्यसपछि बेपत्ता भएका थिए । अनुसन्धानको क्रममा साऊदीबाट १५ सदस्यको टोली २ अक्टूबरको दिन टर्कीको इस्तानबुल पुगेको थियो र हत्या गरेर साउदी फर्केको थियो । हत्याको बदला लिने क्रममा अमेरिकाले २१ साऊदी अधिकारीको पहिचान गरि उनीहरुको भिषा सदाको लागि खारेज गरिदिएको छ । अमेरिकाले अनुसन्धानको क्रममा थप कुरा आए पछि थप कारवाही गरिने समेत जनाएको छ । अमेरिकाले भनेको छ 'एक पत्रकारमाथि भएको हिँसा हामी सहेर बस्दैनौं ।' 

सलमानले सत्ता सम्हालेपछी हत्याको मुद्धाहरु बढे

साउदीका राजा सलमानले सत्ता सम्हालेपछी हत्याको मुद्धाहरु बढेको बताइएको छ । चाहे त्यो सत्ताको बिरुद्ध आवाज उठाउने सामाजिक अभियान्ता होस् चाहे खशोगी जस्ता पत्रकार । शाही परिवारसंग जोडिएका अन्य राजकुमार र सुल्ताननै किन नहुन, साऊदी अरबमा पछिल्लो घटना नयाँ होइन । राजा सलमान र उनको छोरा मोहम्मद बिन सुल्तानले साऊदी सत्ता सम्हालेपछी यस्ता घटना तेज गतिमा बढेका छन् । २०१५ देखि २०१७ को बीचमा साऊदी अरबका हुक्मरानको इशारामा विदेशमा शरण लिएर बसेका तीन राजकुमारलाई रहस्यमय तरिकाले बेपत्ता बनाएको थियो । उनीहरुको अपराध यस्तो थियो कि उनीहरुले सत्ताको विरोधमा आवाज उठाएका थिए । उनीहरुको अवस्था हालसम्म पनि अज्ञात छ । 

साऊदी अरबका शाह सलमानले जून २०१७ मा आफ्ना छोरा मोहम्मद बिन सलमानलाई साऊदी अरबको राजकुमार बनाएका थिए । ३३ बर्षका मोहम्मद बिन सलमान अहिले खशोगी हत्या मुद्धामा घेरिएका छन् । राजा सलमान ८२ बर्षका छन् । उनि २०१५ मा आफ्नो भाई अब्दुल्लाह बिन अजीजको मृत्यु पछी साऊदी अरबका राजा बनेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर