२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकामा रात्रिक्लवमा गोली प्रहार, कम्तिमा १२ जनाको मृत्यु

२२ कार्तिक २०७५, बिहीबार १७:३२

कात्तिक २२, आउजेण्ड ओक्स | संयुक्त राज्य अमेरिकाका लस एन्जल्सस्थित एउटा रात्रिक्लवमा गोली प्रहार हुँदा एक प्रहरी अधिकारीसहित कम्तिमा १२ जनाको ज्यान गएको बिहीबार क्यालिफोर्नियाको प्रहरीले जनाएको छ । 

घटनामा झण्डै एक दर्जन व्यक्ति घाइते भएका छन् । स्थानीय समयअनुसार बुधबार राती ११:२० बजे क्यालिफोर्नियाको थाउजण्ड ओक्सस्थित ‘बोर्डरल्याण्ड बार एण्ड ग्रील’ नामको मदिरालयमा गोली चल्न सुरु भएको थियो । 

राती भएको घटनामा सबैजना मदिरालयमा मारिएका भेटिएको प्रहरीले जनाएको छ । अमेरिकामा दुई हप्ताभित्रै सामूहिक गोली आक्रमण भएको छ । पहिल्लो आक्रमणमा प्रहरी अधिकारीको मृत्यु भएको पाइएको छ भने आक्रमणकारी पनि घटनास्थलमा नै मारिएको अवस्थामा भेटिएका छन् । 

तर समाचार तयार पार्दासम्म आक्रमणकारीको प्रहरी कारबाहीमा गोली लागेर मृत्यु भएको हो वा उसलाई अन्य कसैले प्रत्याक्रमण गरेको थियो अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धान अनुसार आक्रमणकारीले आफैलाई समेत गोली हानेको हुनसक्ने बताइएको छ । 

भेन्चुरा काउन्टीका सेरिफ जिअफ डिनले सञ्चारकर्मीलाई दिएको जानकारी अनुसार मारिनेमा बन्दूकधारी आक्रमणकारी पनि रहेका छन् । आक्रमणकारी ती व्यक्तिको पहिचान खुलिसकेको छैन । 

प्रहरीलाई गोलकाण्डको उद्देश्यका बारेमा पनि केही थाहा हुन नसकेको तर अनुसन्धान जारी रहेको डिनले बताउनुभयो । 

घटनामा आतङ्ककारी समूहको सम्लग्नता रहेको कुनै आधार फेला परिनसकेको र यसबारे पनि अनुसन्धान जारी रहेको प्रहरीले अधिकारी डिनले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…