२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

क्यालिफोर्नियामा मृत्यु हुनेहरुको संख्या नौ, हजारौ विस्थापित

२४ कार्तिक २०७५, शनिबार १६:१९

कात्तिक २४, पाराडिज (रासस/एएफपी) | संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया राज्यको जंगलमा लागेको आगोका कारण मृत्यु हुनेहरुको संख्या बढेर नौ पुगेको छ । 

शुक्रबार भएको घटनाका कारण अरु हजारौ स्थानीय बासिन्दा विस्थापित भएका अधिकारीहरुले जानकारी दिएका छन् । त्यस क्षेत्रमा बस्ने झण्डै २६ हजार जनालाई ठाउँ छोडेर अन्यन्त्र जान आह्वान गरिएको पनि समाचारमा जनाइएको छ । 

बिहीबार विहान सुरु भएको आगलागी छिटै फैलिएको थियो । ठूलो हावाहुरी आएकाले पनि आगो चाडो फैलिएको बताइएको छ । 

आगलागीका कारण झण्डै २८ हजार ३०० हेक्टर क्षेत्रमा जलेर सुख्खा भएको र आगो नियन्त्रणमा नआएको क्यालिफोर्निया अग्नी विभागले जनाएको छ । 

उक्त जंगलमा विगत लामो समयदेखि आगो लागिरहेको छ । समय समयमा सरकारले आगो निभाएको बताएपनि पूर्ण रुपमा जंगलको आगलागी नियन्त्रण हुन नसक्दा मानिसको मृत्यु भइरहेको बताइएको छ । 

उद्धारका लागि केही व्यक्तिहरुलाई खटाइएको भएपनि उद्धारको काम सम्भव हुन सकिरहेको छैन । 

उनीहरुले प्रारम्भिक रुपमा एक अनुसन्धान टोली गठन गरिएको र यसले गरेको प्रारम्भिक अनुसन्धानबाट उनीहरुकै कारण जंगलमा आगलागी भएको र उनीहरुको ज्यान गएको बताएका छन् । 

प्रहरीले मारिएका व्यक्ति उक्त जंगलमा विगतदेखि नै लागेका आगोका कारण हो या शुक्रबार दुर्घटना भएको हो भन्ने बारेमा खोजी भइरहेको बताएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…