२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यमनमा चौबिस घण्टाभित्रै १ सय ४९ जनाको मृत्यु

२६ कार्तिक २०७५, सोमबार १०:३४

कात्तिक २६, होडेडा | यमनको प्रमुख शहर होडेडामा सरकार समर्थक र विद्रोहीबीच भएको पछिल्लो युद्धमा एकसय ४९ जनाको मृत्यु भएको चिकित्सक र सैनिक स्रोतले सोमबार बताएका छन् । 

युद्धमा सात जना सर्वसाधारणको मृत्यु भएको छ, तर यस घटनाको विस्तृत विवरण अझै आउन बाँकी छ । 

साउदी अरेबियाको समर्थन प्राप्त संयुक्त गठबन्धनको सहयोगमा यमनको सरकारी फौजले इरान समर्थित हुथी विद्रोही विरुद्ध गरेको कारबाहीमा यो हताहती भएको हो । 

होडेडा शहरमा रातभर भएको यस लडाईंमा ११० जना विद्रोही लडाकू र ३२ जना सरकारी सैनिकको मृत्यु भएको जनाइएको छ । साउदी अरेबियाआबद्ध संयुक्त सैनिक गठबन्धनले विद्रोहीलाई लक्ष्य गरी कैयौं पटक हवाई आक्रमण गरेको सैनिक स्रोतले पुष्टि गरेको छ । 

यमनको बढी जनसङ्ख्या भएको सहर होडेडामा गत नोभेम्बर १ बाट शुरु भएको पछिल्लो लडाईंका कारण करिब ६ सय जनाको मृत्यु भइसकेको छ । 

सन् २०१५ देखि यमन सरकारको समर्थन गर्दै साउदी अरेबियाले इरान समर्थित हुथी विद्रोही विरुद्ध हवाई कारबाही गरिआएको छ । 

संयुक्त राष्ट्रसङ्घले यमनमा जारी गृहयुद्ध विश्वकै सबैभन्दा डरलाग्दो र विभत्स भन्दै यसबाट गम्भीर मानवीय सङ्कट उत्पन्न भएको जनाएको छ । –एएफपी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…