२०८२, २८ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यमन सरकार र बिद्रोहीबीचको शान्ति वार्ता बिहीबार स्वीडेनमा शुरु हुँदै

२०७५, २० मंसिर बिहीबार ०८:३०

मङ्सिर २०, रिम्बो (स्वीडेन) – (रासस/एएफपी) | चार वर्षदेखि जारी गृहयुद्ध अन्त्य गर्ने उपायको खोजी गर्न यमन सरकार र बिद्रोहीबीचको शान्ति वार्ता बिहीबार स्वीडेनमा शुरु हुँदैछ । 

संयुक्त राष्ट्रसंघको अगुवाईमा भइरहेको यो शान्तिवार्ता सन् २०१६ यता पहिलोपटक हुन लागेको हो । त्यसबखत एकसय दिनभन्दा बढी चलेको वार्ताले युद्ध अन्त्य गर्न असफल भएको थियो । उक्त युद्धका क्रममा १० हजारभन्दा बढीको ज्यान गइसकेको छ भने एक करोड ४० लाखभन्दा बढी मानिस भोकमरिको चपेटामा परेका छन् । 

यमनमा साउदी अरेबिया समर्थित सरकार र इरान समर्थित हुथी बिद्रोहीबीच सत्ताका लागि सशस्त्र सङ्घर्ष जारी छ । 

राष्ट्रसंघ स्रोतका अनुसार युद्धरत दुबै पक्षबीच विश्वासको वातावरण निर्माण गर्ने प्रयत्न भइरहेको छ । राष्ट्रसंघले यमनमा जारी हिंसात्मक एवं सशस्त्र द्वन्द्वले मानवीय सङ्कट निम्त्याएको जनाएको छ । पछिल्ला वर्षहरुमा फैलिएको भोकमरि, रोग र युद्धका साथै बालसैन्य भर्नाले यमन आक्रान्त छ । 

स्रोतका अनुसार हुथी बिद्रोहीहरुले साना अन्तर्राष्ट्रिय विमानस्थल खुला गर्न अनुरोध गर्ने अपेक्षा गरिएको छ । साउदी अरेबीया समर्थित हवाई आक्रमणमा उक्त विमानस्थल क्षतिग्रस्त भएका कारण हाल बन्द अवस्थामा छ । साउदी गठबन्धनले यमनको हवाई क्षेत्रमा नियन्त्रण कायम गरिरहेका छन् । 

सरकारी प्रतिनिधिमण्डल स्रोतका अनुसार राष्ट्रपति अबेड्राब्बो मन्सुर हादीका प्रतिनिधिहरुले विद्रोहीले बिछ्याएका बारुदी सुरुङको विस्तृत नक्सा उपलब्ध गराउन आग्रह गर्नेछ । 

दुबै पक्षका स्रोतले यमनमा तत्काल युद्धबिरामका लागि आग्रह गर्ने र मानवीय सहायता उपलब्ध गराउन मार्ग खुला गर्ने विषयलाई उठाउनेछन् । 

यस पटकका वार्ता स्वीडेनको स्टकहोमबाट ६० किलोमिटर उत्तरमा हुनेछ । बाह्र सदस्यीय सरकारी प्रतिनिधिमण्डलको नेतृत्व यमन सरकारका विदेशमन्त्री खालेद अल–यमनीले गर्नुभएको छ । उहाँ बुधबार साँझ स्टकहोम पुग्नुभएको छ । 

यसअघि राष्ट्रसंघले सेप्टेम्बरमा वार्ता गर्नेगरी पहल गरेपनि अन्तिम समयमा सुरक्षाको कारण दर्शाउँदै हुथी बिद्रोहीहरु वार्ताबाट अलग भएका थिए । 

सरकार र हुथीबीच मङ्गलबार मात्र आआफ्ना नियन्त्रणमा रहेका कैदीबन्दी मुक्त गर्न सहमत भएका थिए । स्वीडेन वार्ता लगत्तै अन्तर्राष्ट्रिय रेडक्रस समितिको रोहबरमा ती कैदीबन्दी आदान प्रदान गरिनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न