२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकामा हत्या अभियोग लागेका एक व्यक्तिलाई करेन्ट लगाएर मृत्युदण्ड

२०७५, २१ मंसिर शुक्रबार ०६:२४

मङ्सिर २१, वासिङटन | विगत ३६ वर्षदेखि मृत्युदण्ड सजायको पर्खाइमा रहेका एक व्यक्तिलाई बिहीबार अमेरिकाको टेनेसी राज्यमा करेन्ट लगाएर मृत्युदण्ड दिइएको छ । 

टेनेसीको नेसभिलस्थित कारागारमा ६१ वर्षीय डेभिड अर्ल मिलरलाई बिहीबार बिहानै करेन्ट लगाएर मृत्युदण्ड दिइएको अधिकारीहरुले जानकारी दिएका छन् । मिलरमाथि मानसिक रुपमा अशक्त एक महिलालाई कुटपिट र चक्कु प्रहार गरी हत्या गरेको अभियोग लागेको थियो । 

अमेरिकामा एक महिनाको अवधिभित्रै विद्युतीय करेन्ट लगाएर मृत्युदण्ड दिइएको यो दोस्रो घटना हो । सन् २०१३ यता मृत्युदण्ड दिने प्रचलन रोकिएको थियो । 

मिलरले सन् १९८० मा २३ वर्षीया ली स्टानडाइफर नाम गरेकी शारीरिक रुपमा अशक्त महिलाको हत्या गरी एकजना पादरीको घरनजिक गाडिदिएका थिए । मिलरले मे २०, १९८१ मा हत्याको आरोप स्वीकार गरेका थिए । 

अदालतले मिलरमाथि सन् १९८२ मा मृत्युदण्डको फैसला गरेको थियो, तर सन् १९८७ मा मुद्दाको पुनः सुनुवाई शुरु भएको थियो । त्यसपछि मिलरका तर्फबाट मृत्युदण्डको फैसलामाथि पुनर्विचार गर्न पटकपटक आग्रह गरिए पनि सबै अपिल खारेज गरिएका थिए । 

टेनेसी राज्यमा मृत्युदण्ड दिँदा घातक सुईमा प्रयोग गरिने रसायनका बारेमा विवाद भएपछि केही समय मृत्युदण्डका कारबाहीहरु रोकिएका थिए । तर राज्यले हालैमात्र मृत्युदण्डको कार्यविधिलाई पुनः स्वीकृत गरेको छ । त्यसयता मिलर बाहेक दुई जनाले मृत्युदण्ड पाइसकेका छन् । 

अमेरिकी सर्वोच्च अदालतले समेत अन्तिम पटकको पुनरावलोकनलाई खारेज गरेको थियो । 

अमेरिकामा अदालतबाट सजाय भएपनि मृत्युदण्ड पाएको अवधि औसतमा १५ वर्षको फरक हुने गरेको छ । (रासस/एएफपी)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै