२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इन्डोनेसियामा १६ जना मजदुरको विभत्स हत्या

२१ मंसिर २०७५, शुक्रबार ०६:३९

मङ्सिर २१, काठमाडौं | इन्डोनेसियाको सुरक्षा फौजले बिहीबार १६ जनाको शव भेटिएको जनाएको छ । पपुआ प्रान्तमा भएको घटना पृथकतावादी विद्रोहीहरूले केही दिन पहिले गराएको हुनसक्ने सरकारी अधिकारीहरूले बताएका छन् । 


मारिएकाहरू निर्माण मजदुर रहेको विश्वास गरिएको छ । हिंसामा परी उनीहरु मारिएको प्रारम्भिक विवरण आएपनि पुरै विवरण भने आउन बाँकी रहेको प्रहरीले बताएको छ । 

अधिकांश मृतकको शरीरका विभिन्न भागमा गोली लागि बनेका घाउ भेटिएका र केही व्यक्तिको घाँटी रेटी हत्या गरिएको हुनसक्ने आशङ्कामा अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ । 

पहाडी तथा दुर्गम क्षेत्र डुगा जिल्लामा गएको आइतबार विद्रोहीले याे हिंसा गरेको हुनसक्ने प्रहरीले थियो । घटनास्थलबाट उनीहरूको शव तिमिकामा पठाइएको स्थानीय सैन्य प्रमुख बिन्सार सिनीपारले जानकारी दिए । 

मृत्यु भएकाहरूको पहिचान सुरक्षाकर्मीहरूले खुलाएका छैनन् भने उनीहरू कसरी मारिएका थिए भन्ने बारेमा पनि जानकारी दिइएको छैन । स्थानीय सञ्चारमाध्यमहरूले यो घटनामा २४ देखि ३१ जनासम्मको मृत शरीर भेटिएको समाचार संप्रेषण गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा