२०८२, २८ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रात्रि क्लबमा भागदौड: ६ जनाको मृत्यु, दजनौँ घाइते

२०७५, २२ मंसिर शनिबार ०६:३०

मङ्सिर २२, इटाली | इटालीको मध्य क्षेत्रमा अवस्थित एक रात्रि क्लबमा शनिबार भएको भागदौडमा परी कम्तिमा छ जनाको ज्यान गएको इटालीका अग्नीनियन्त्रकहरूले जनाएका छन् । 

बिहान १:०० बजेको समयमा आकस्मिक खलबली मच्चिएको र यसपछि क्लबमा जम्मा भएका युवाहरूबीच भागदौड मच्चिएको थियो । 

अग्नी नियन्त्रण सेवा प्रदायक स्थानीय कार्यालयले ट्वीटरमार्फत प्रेषित एक विज्ञप्तिमो भनिएको छ, “एउटा तीखो वस्तुलाई मानिसहरूको भीडबाट हटाउने क्रममा क्लबमा जम्मा भएका युवाहरू त्रासले भाग्दा कतिपय व्यक्ति लडेका र उनीहरूलाई अन्य व्यक्तिले हतारमा कुल्चेर भाग्ने क्रममा उक्त दुःखद घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।” 

स्थानीय सामाचारहरूमा एड्रियाटिक सामुद्रिक तटीय क्षेत्रमा रहेको एन्कोना राज्यको कोरिनाल्डो सहरमा ब्लु लानटर्न क्लबभित्र करिब एक हजार व्यक्तिले मनोरञ्जन लिइरहेका समय एक्कासी भागदौड मच्चिएको बताइएको छ । 

“क्लबमा जब अति कडा गन्ध फैलियो उक्त समय हामीहरू कन्सर्टको पर्खाइमा नाचेर मनोरञ्जन गरिरहेका थियौँ,” घटनामा घाइते भई उपचाररत एक प्रत्यक्षदर्शी १६ बर्षीय युवकले भने । 

उनले थपे, “त्यसपछि हामी क्लबको एउटा आकस्मिक प्रस्थान गेटमा पुग्यो तर क्लबका सुरक्षागार्ड (बाउन्सर) ले फिर्ता हुन भनेपछि फर्कियौँ तर भागदौडका कारण चोट लाग्या ।” (रासस÷एएफपी)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न