२०८२, २८ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मिस वर्ल्ड २०१८ को ताज मेक्सिकोकि शुन्दरीलाई, नेपालकी शुन्दरी टप ५ मा परिनन्

२०७५, २२ मंसिर शनिबार १४:२६

मङ्सिर २२, काठमाडौँ । यो पटकको मिस वर्ल्ड २०१८ को ताज मेक्सिकोकि शुन्दरीले जितेकी छन् । अन्तिम ५ मा छानिएका थाइल्याण्ड, युगाण्डा, मेक्सिकाे, बेलारुस र जमैकामध्ये निर्णायक मण्डलकाे मन जित्दै  मेक्सिकाेकी सुन्दरी भेनेसा देलिअाेनले मिस वर्ल्ड २०१८काे ताज पहिरिएकी हुन् । १३ जना निर्णायकले अन्तिम ५ प्रतिस्पर्धीमध्येबाट लार्इ उपाधि विजेता घाेषणा गरेका थिए । 


त्यस्तै टप १२ मा नेपालकी सृंखलालाई पछी पार्दै टप ५ मा परेकी थाइल्याण्डकी प्रतियाेगी फर्स्ट रनर अप हुन सफल भइन् ।


यस पटकको मिस वर्ल्ड नेपालीहरुको लागि पनि निकै महत्वपूर्ण रह्यो कारण थियो नेपालकि सृंखला खतिवडा पनि यस पटक सहभागी थिइन् । तर उनको यात्रा ‘मिस वर्ल्ड’ २०१८ को अन्तिम १२ मा पुगेर टुंगियो । शनिबार साँझ भएको फाइनलको पहिलो चरण पार गर्दै शृङ्खला अन्तिम १२ मा पुगेकी थिइन् । यो पटक अन्तिम १२ मा भारत समेत परेन । 

टप १२ मा मिस नेपाल शृङ्खलासँगै एसिया ओसियानिया क्षेत्रबाट मिस न्युजिल्याण्ड र मिस थाइल्याण्ड पनि शीर्ष १२ मा पुगेका थिए । अन्तिम १२ बाट फेरी टप ५ छानिएको थियो । जसमा २३ बर्षीय खतिवडा परिनन् । एसियाबाट तीन सुन्दरी मध्ये मिस थाइल्याण्डले मिस वर्ल्ड एसिया–ओसियानाको उपाधि जित्दै शीर्ष पाँचमा आफ्नो स्थान बनाइन् ।

नेपाल प्रतियोगितामा मिस मल्टिमिडिया तथा ब्यूटि वीथ पर्पोजको उपाधि जितेर अन्तिम ३० मा प्रवेश पाएकी थिइन्। मिस वर्ल्डमा २३ वर्षीया मिस नेपाल शृङ्खला  खतिवडालाई बलियो प्रतिस्पर्धी मानिएको थियो। 

मिस वर्ल्डमा धेरै नै महत्वका साथ हेरिने ब्युटी विद पर्पजमा शृंखलाले बनाएको भिडियो २५ प्रतिस्पर्धीलाई उछिन्दै पहिलो भएको थियो ।  विश्वभरका १ सय १८ देशका सुन्दरीले मिस वर्ल्डमा भिडियो लिएर गएका थिए। आयोजकले १ सय १८ मध्येबाट २५ भिडियो सर्टलिस्ट गरेका थिए ।  



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न