२०८२, २८ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रपतिद्वारा नियुक्त प्रधानमन्त्री राजापाक्षे पछाडी हट्ने

२०७५, २९ मंसिर शनिबार ०७:०७

मङ्सिर २८, कोलम्बो | श्रीलङ्काका शसक्त नेता महिन्दा राजापाक्षे पछाडी हट्ने सङ्केत देखिएको छ । 

उहाँले प्रधानमन्त्रीको पदमा बसिरहदा विवाद देखिएकाले त्यसबाट बाहिरिने तयारी गर्नुभएको राजापाक्षेका छोराले शुक्रबार बताएका छन् । 

राजापाक्षेको यो तयारीसँगै श्रीलङ्कामा जारी सात हप्ता लामो शक्ति संघर्षको अत्य हुने अपेक्षा गरिएको अधिकारीहरुले बताएका छन् । 

राजापाक्षेका छोरा नामलले शनिबार राजापाक्षेले पद त्याग गर्ने संकेत गर्नुभयो । “उहाँले देशको स्थायित्वका लागि यस्तो गर्न लाग्नु भएको हो,” नामलले भन्नुभयो । 

श्रीलङ्काको सर्वोच्च अदालतले संसद विघटन गर्ने राष्ट्रपति मैत्रीपाला सिरिसेनाको निर्णय अवैधानिक रहेको फैसला गरेको भोलिपल्ट राजापाक्षे पुत्रको यस्तो भनाई आएको हो । 

राजापाक्षे पुत्रको भनाइले प्रधानमन्त्रीका रुपमा राजापाक्षेले अव कुनै अभ्यास र काम नगर्ने सङ्केत गरिसकेको छ । उहाँले सर्वोच्च अदालतको आदेशको विरुद्धमा उभिने अवस्था नरहेको निष्कर्ष निकालेको विश्लेषण गरिएको छ । 

सर्वोच्च अदालतका सात जना न्यायाधीशको संयुक्त इजलासले सर्वसम्मतरूपमा राष्ट्रपतिको संसद् विघटन गर्ने निर्णय गलत भएको ठहर गरेको थियो । 

अदालतले संसद् विघटन गरेर राष्ट्रपति सिरिसेनाले संविधानको उलङ्घन गरेको निष्कर्ष पनि निकालेको अधिकारीहरुले जानकारी दिएका थिए । 

राष्ट्रपति सिरिसेनाले अघिल्लो महिना संसद् विघटनको घोषणा गर्दै निर्वाचनको मिति तोकेपछि त्यसका विरद्धमा मुद्धा परेको थियो । 

त्यस मुद्दामा प्रारम्भिक सुनुवाई गर्दै अदालतले यसअघि कुनै प्रक्रिया अगाडि नबढाउन अन्तरिम आदेश दिएको थियो । संसद्को समयावधि झण्डै दुई वर्ष बाँकी छँदै उहाँले निर्वाचनको घोषणा गर्नुभएको थियो । 

राष्ट्रपति सिरिसेनाले तत्कालीन प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई अपदस्थ गर्दै पूर्वराष्ट्रपति राजापाक्षेलाई प्रधानमन्त्रीमा नियुक्त गरेपछि श्रीलङ्कामा राजनीतिक सङ्कट शुरु भएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न