२०८२, २८ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पत्रकारमाथिको आक्रमण र हत्या रोकिएन

२०७५, ४ पुष बुधबार १०:३७

पुस ४, वासिङटन | पत्रकारहरु सन् २०१८ मा पनि हत्या, हिंसा र आक्रमणको तारो बनेका छन् । विश्वका कतिपय स्थानमा युद्ध र द्वन्द्वका घटनामा कमी आएपनि पत्रकारमाथिको आक्रमणका घटनामा कमी नआएको एक विश्व संस्थाले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । 

कमिटी टू प्रोटेक्ट जर्नालिस्ट (सीपीजे) का अनुसार यस वर्ष आफ्नो पेशागत कार्यमा रहेकै अवस्थामा ५३ जना पत्रकारको हत्या भएको छ । यीमध्ये ३४ जना पत्रकारको हत्या युद्ध वा द्वन्द्वसँग असम्बन्धित छन् । 

“रिपोर्टिङका क्रममा प्रतिशोधका आधारमा मारिएका पत्रकारको संख्या अघिल्लो वर्षको तुलनामा सन् २०१८ मा दोब्बर भएको छ ।” न्यूयोर्कस्थित सीपीजेले प्रकाशन गरेको पछिल्लो प्रतिवेदनमा उल्लेख छ । 

यसैसाता पेरिसस्थित रिपोर्टर्स विदाउट बोर्डर्सले प्रकाशन गरेको प्रतिवेदन पनि सीपीजेसँग मिल्दोजुल्दो छ । रिपोर्टर्स विदाउट बोर्डर्सले यस वर्ष ८० जना पत्रकारको हत्या भएको प्रतिवेदन गत साता सार्वजनिक गरेको थियो । उक्त संस्थाले ब्लगर, नागरिक पत्रकार र सञ्चारकर्मीको मृत्युको गणना गरेको थियो । 

दुबै प्रतिवेदनले संवाददातामाथि प्रतिशोधका घटना निरन्तर बढेको जनाएका छन् । सीपीजेले आफ्नो प्रतिवेदनमा इस्तानबुलको साउदी अरेबिया महाबाणिज्यदूतावासमा भएको वासिङटन पोस्टका स्तम्भकार जमाल कशोग्जीको “निर्लज्ज हत्या”लाई पनि समावेश गरेको छ । 

सीपीजेको प्रतिवेदनमा तीन वर्षको अवधिमा हत्या गरिएका पत्रकारको कूल संख्या बढी भएपनि सन् २०११ यता द्वन्द्वमा मारिएका पत्रकारको संख्यामा कमी आएको उल्लेख छ । 

“पत्रकारमाथि आक्रमणका घटना बढी हुने अफगानिस्तानमा अझै पनि खतरनाक परिस्थिति छ र पत्रकार मारिनेक्रम रोकिएको छैन,” प्रतिवेदनमा भनिएको छ । 

अफगानिस्तानमा एएफपीका प्रमुख फोटोग्राफर शाह माराई गत अप्रिलमा भएको विद्रोहीको बम हमलामा मारिनुभएको थियो । उक्त घटनामा उहाँसमेत २५ जनाको हत्या भएको थियो । 

पत्रकारको अधिकार र सुरक्षाका सम्बन्धमा अन्तर्राष्ट्रिय नेतृत्व कमजोर बन्न थालेको पाइएको छ, खासगरी जमाल खशोग्जीको हत्याका आरोपीलाई बचाउन शक्तिशाली राष्ट्रको मुख्य नेतृत्व क्रियाशील रहेको सीपीजेको निचोड छ । सञ्चार क्षेत्रका लागि परिस्थिति दिनदिनै प्रतिकूल हुँदै गएको छ । 

“खशोग्जीको हत्याका बारेमा सबैभन्दा प्रखर रुपमा टर्कीका राष्ट्रपतिले आवाज उठाउनुभयो, तर उहाँकै सरकारले स्वतन्त्र मिडिया बन्द गराउन प्रमुख भूमिका निर्वाह गरिरहेको छ र अरु देशको भन्दा बढी पत्रकार यही देशमा बन्दी बनाइएका छन्,” सीपीजेका इलाना बेइजरले जारी गर्नुभएको प्रतिवेदनमा भनिएको छ । 

“विश्वव्यापी प्रेस स्वतन्त्रताको सशक्त प्रतिरक्षक ह्वाइट हाउसले पनि खशोग्जीको हत्याका बारेमा स्पष्ट हुन सकेको छैन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकासँग व्यापार गर्ने राष्ट्रले पत्रकारको हत्या गर्न स्वतन्त्र रहेझैं गरी मन्तव्य दिइरहनु भएको छ जहाँ कुनै कारणको जरुरत समेत पर्दैन ।” 

सीपीजेले सन् २०१८ मा मारिएका अरु २३ जना पत्रकारका बारेमा पनि अनुसन्धान गरिरहेको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न