२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तालिबानको आक्रमणबाट दुई प्रहरी अधिकृतको मृत्यु

५ पुष २०७५, बिहीबार ११:३६

पुस ५, अफगानिस्तान | अफगानिस्तानको उत्तरी प्रान्त बाघलानमा तालिबान लडाकूको आक्रमणबाट बिहीबार राति दुईजना प्रहरी अधिकारीको मृत्यु भएको छ । 

बाघलान प्रान्तको दहाना जिल्लाका स्थानीय प्रहरी (एएलपी) कमाण्डर सलिम कोची र अर्का प्रहरी अधिकृतको हत्या भएको प्रान्तीय प्रहरी प्रमुख अक्रमुद्दिन सारेहले बताउनुभयो । विद्रोहीले उनीहरु चढेको मोटरमा घेरा हाली आक्रमण गरेका थिए । 

जमान खिल भन्ने स्थानमा भएको विद्रोहीको त्यस आक्रमणबाट प्रहरीका धेरैवटा सवारी साधनमा समेत क्षति पुगेको छ । उक्त स्थान प्रान्तीय राजधानी पुल–ए–खुम्रीको बाहिरी इलाका हो । 

प्रहरीको जवाफी फायरिङबाट विद्रोही लडाकूहरु पनि मारिएको र घाइते भएको प्रहरीले जनाएको छ । यस आक्रमणको तालिबान लडाकू समूहले जिम्मेवारी लिएको छ । 

अफगानिस्तानमा सन् २०१४ को अन्त्यबाट अमेरिकाआवद्ध नेटो सेनाले अफगान युद्ध सकिएको घोषणा गरेयता विद्रोहीको आक्रमण तीव्र भएको छ । युद्धबाट अफगान सैनिक हताहत हुनेक्रम बढेको छ । 

अफगानिस्तानमा दिनदिनै शान्तिसुरक्षाको स्थिति बिग्रिएपछि युद्धरत विद्रोहीहरुलाई वार्तामा ल्याउन प्रयास थालिएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा