पुष ११, ढाका (रासस/एएफपी) | बङ्गलादेशको प्रहरीले निर्वाचनका समय नजिकिँदै गर्दा एक हप्ताको समयमा विपक्षी दलका करिब १० हजार ५०० कार्यकर्तालाई प्रक्राउ गरेको प्रतिपक्षी दलहरूले मङ्गलबार जनाएका छन् । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुष ११, ढाका (रासस/एएफपी) | बङ्गलादेशको प्रहरीले निर्वाचनका समय नजिकिँदै गर्दा एक हप्ताको समयमा विपक्षी दलका करिब १० हजार ५०० कार्यकर्तालाई प्रक्राउ गरेको प्रतिपक्षी दलहरूले मङ्गलबार जनाएका छन् । 

२८ पुष २०८२, सोमबार
काठमाडौँ - KTM

‘बङ्गलादेशमा निर्वाचन नजिकिँदै गर्दा १० हजार ५०० विपक्षी पक्राऊ’

१० पुष २०७५, मंगलवार १९:१४

पुष ११, ढाका (रासस/एएफपी) | बङ्गलादेशको प्रहरीले निर्वाचनका समय नजिकिँदै गर्दा एक हप्ताको समयमा विपक्षी दलका करिब १० हजार ५०० कार्यकर्तालाई प्रक्राउ गरेको प्रतिपक्षी दलहरूले मङ्गलबार जनाएका छन् । 

संयुक्त राज्य अमेरिकाले बङ्गलादेशको प्रधानमन्त्री शेख हसिनाको सरकारलाई निर्वाचन स्वच्छ तथा स्वतन्त्ररूपमा सम्पन्न गर्न सरकारबाट विश्वासको वातावरण बनाउन गरेको आग्रहपछि प्रतिपक्षबाट उक्त तथ्याङ्क सार्वजनिक गरिएको हो । 

तेस्रो कार्यकाल सम्पन्न गरिसकेकी प्रधानमन्त्री हसिनाले चौथो कार्यकाल जितेर कीर्तिमानी कायम गर्ने लक्ष्यसाथ निर्वाचनमा आफ्ना सक्रिय कार्यकर्ता तथा समर्थकहरूलाई विभिन्न आरोपमा प्रहरी हिरासतमा लिएको आरोप बङ्गलादेश नेशनालिस्ट पार्टी (बिएनपी) ले लगाएको छ । 

प्रतिपक्षी दलहरूले बङ्गलादेशको सरकारले नोभेम्बर ८ मा निर्वाचनको आह्वान गरेपछि निरन्तर ‘भयको वातावरण’ रहँदै आएको दावी गरेका छन् । 

पूर्व प्रधानमन्त्री तथा नेता खालिदा जिया, जसले १७ बर्षको जेल सजाय व्यतित गरिरहनुभएको छ, उहाँको दल बिएनपीले निर्वाचनको प्रचारप्रसारको शिलशिलामा आफ्ना सात हजार २१ कार्यकर्तालाई पक्राउ गरिएको बताए छ । बिएनपीको इश्लामिक सहयोगी जमात–ए–इश्लामीका तीन हजार ५०० समर्थकलाई निर्वाचनलाई लक्षित गरी थुनामा राखिएको उक्त दलले जनाएको छ । जमात–ए–इश्लामीलाई राष्ट्रियतामा प्रभाव पार्ने गतिविधि र आतङ्कवादलाई प्रोत्साहन गरेको आरोपमा निर्वाचनमा प्रतिबन्ध लगाइएको छ । 

“देशभरबाट हरेक दिन ८० देखि ९० कार्यकर्तालाई पक्राउ गरिने गरिएको छ । यसले निर्वाचन स्वतन्त्ररूपमा हुने सम्भावना विपरित भयको वातावरण सिर्जना गरेको छ,” जमातका महासचिव शफिकर रहमानले एएफपीसँग बताउनुभयो । 

प्रहरी प्रवक्ता सोहेल रानाले भने निर्वाचनको अभियानका शिलशिलामा पक्राउ परेका विपक्षीको सङ्ख्या कति रहेको भन्नेबारे तथ्याङ्क दिनुभएन । उहाँले निर्वाचनका समयपूर्जी नभएका व्यक्तिलाई ‘अनावश्यक पक्राउ नगरिएको’ बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’