पुष ११, ढाका (रासस/एएफपी) | बङ्गलादेशको प्रहरीले निर्वाचनका समय नजिकिँदै गर्दा एक हप्ताको समयमा विपक्षी दलका करिब १० हजार ५०० कार्यकर्तालाई प्रक्राउ गरेको प्रतिपक्षी दलहरूले मङ्गलबार जनाएका छन् । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुष ११, ढाका (रासस/एएफपी) | बङ्गलादेशको प्रहरीले निर्वाचनका समय नजिकिँदै गर्दा एक हप्ताको समयमा विपक्षी दलका करिब १० हजार ५०० कार्यकर्तालाई प्रक्राउ गरेको प्रतिपक्षी दलहरूले मङ्गलबार जनाएका छन् । 

२०८२, २८ फाल्गुन बिहीबार
काठमाडौँ - KTM

‘बङ्गलादेशमा निर्वाचन नजिकिँदै गर्दा १० हजार ५०० विपक्षी पक्राऊ’

२०७५, १० पुष मंगलवार १९:१४

पुष ११, ढाका (रासस/एएफपी) | बङ्गलादेशको प्रहरीले निर्वाचनका समय नजिकिँदै गर्दा एक हप्ताको समयमा विपक्षी दलका करिब १० हजार ५०० कार्यकर्तालाई प्रक्राउ गरेको प्रतिपक्षी दलहरूले मङ्गलबार जनाएका छन् । 

संयुक्त राज्य अमेरिकाले बङ्गलादेशको प्रधानमन्त्री शेख हसिनाको सरकारलाई निर्वाचन स्वच्छ तथा स्वतन्त्ररूपमा सम्पन्न गर्न सरकारबाट विश्वासको वातावरण बनाउन गरेको आग्रहपछि प्रतिपक्षबाट उक्त तथ्याङ्क सार्वजनिक गरिएको हो । 

तेस्रो कार्यकाल सम्पन्न गरिसकेकी प्रधानमन्त्री हसिनाले चौथो कार्यकाल जितेर कीर्तिमानी कायम गर्ने लक्ष्यसाथ निर्वाचनमा आफ्ना सक्रिय कार्यकर्ता तथा समर्थकहरूलाई विभिन्न आरोपमा प्रहरी हिरासतमा लिएको आरोप बङ्गलादेश नेशनालिस्ट पार्टी (बिएनपी) ले लगाएको छ । 

प्रतिपक्षी दलहरूले बङ्गलादेशको सरकारले नोभेम्बर ८ मा निर्वाचनको आह्वान गरेपछि निरन्तर ‘भयको वातावरण’ रहँदै आएको दावी गरेका छन् । 

पूर्व प्रधानमन्त्री तथा नेता खालिदा जिया, जसले १७ बर्षको जेल सजाय व्यतित गरिरहनुभएको छ, उहाँको दल बिएनपीले निर्वाचनको प्रचारप्रसारको शिलशिलामा आफ्ना सात हजार २१ कार्यकर्तालाई पक्राउ गरिएको बताए छ । बिएनपीको इश्लामिक सहयोगी जमात–ए–इश्लामीका तीन हजार ५०० समर्थकलाई निर्वाचनलाई लक्षित गरी थुनामा राखिएको उक्त दलले जनाएको छ । जमात–ए–इश्लामीलाई राष्ट्रियतामा प्रभाव पार्ने गतिविधि र आतङ्कवादलाई प्रोत्साहन गरेको आरोपमा निर्वाचनमा प्रतिबन्ध लगाइएको छ । 

“देशभरबाट हरेक दिन ८० देखि ९० कार्यकर्तालाई पक्राउ गरिने गरिएको छ । यसले निर्वाचन स्वतन्त्ररूपमा हुने सम्भावना विपरित भयको वातावरण सिर्जना गरेको छ,” जमातका महासचिव शफिकर रहमानले एएफपीसँग बताउनुभयो । 

प्रहरी प्रवक्ता सोहेल रानाले भने निर्वाचनको अभियानका शिलशिलामा पक्राउ परेका विपक्षीको सङ्ख्या कति रहेको भन्नेबारे तथ्याङ्क दिनुभएन । उहाँले निर्वाचनका समयपूर्जी नभएका व्यक्तिलाई ‘अनावश्यक पक्राउ नगरिएको’ बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न