२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकी राष्ट्रपतिका लागि वारेन इच्छुक, सन् २०२० को चुनावी अभियान थाल्ने घोषणा

२०७५, १७ पुष मंगलवार ११:२७

पुस १७, वासिङटन | संयुक्तराज्य अमेरिकामा डेमोक्राटिक पार्टीकी प्रभावशाली नेतृ एवं सिनेटर एलिजाबेथ वारेनले अमेरिकी राष्ट्रपतिको सन् २०२० मा हुने चुनावका लागि उम्मेदवार हुने इच्छा व्यक्त गर्नुभएको छ । उहाँ राष्ट्रपति डोनाल्ड ट्रम्पका कटु आलोचक मानिनुहुन्छ ।


वारेनले अमेरिकी राष्ट्रपतिका लागि प्रारम्भिक तयारी समिति गठन गरेको घोषणा गर्नुभएको छ । डेमोक्राटिक पार्टीभित्र अति लोकप्रिय र खरो स्वभावकी वारेनले प्रारम्भिक चरणमा उम्मेदवारीका लागि पार्टीभित्रको अवस्था बुझ्नु हुनेछ । 

उक्त घोषणापछि वारेनले चुनावी खर्च उठाउन पाउनुहुनेछ भने चुनावी अभियानका लागि आवश्यक कर्मचारी नियुक्ति गर्न पाउनु हुनेछ । डेमोक्रेटिक पार्टीभित्र राष्ट्रपतिका लागि अन्य प्रभावशाली नेताहरुमध्ये उहाँ अग्रस्थानमा हुनुहुन्छ । अमेरिकाको आयोवा राज्यको प्रारम्भिक चरणको अभियान शुरु हुनुभन्दा झण्डै १३ महिना अघि वारेनको उम्मेदवारी घोषणा भएको हो । 

“अमेरिकाका मध्यम वर्गीय जनता चौतर्फी आक्रमणको शिकार भएका छन्,” वारेनले सार्वजनिक गर्नुभएको भिडियो सन्देशमा भनिएको छ । उहाँ म्यासाच्युसेट्स राज्यबाट सन् २०१३ देखि नै सिनेट सदस्यमा निर्वाचित हुँदै आउनुभएको छ । उहाँ अमेरिकी आर्थिक रुपान्तरणका लागि निकै लोकप्रिय नेतृ हुनुहुन्छ । 

“भ्रष्टाचारले हाम्रो लोकतन्त्रलाई दूषित गरिरहेको छ,” उहाँले भन्नुभयो, “नेताहरुको ध्यान अन्यत्रै छ । यता ठूला बीमा कम्पनीहरुले अति जरुरी जीवन रक्षक औषधोपचार पनि दिइरहेका छैनन् । ठूला बैंकहरुले उपभोक्तालाई ठगिरहेका छन् भने ठूला तेल कम्पनीहरुले हाम्रो पृथ्वी ग्रहलाई क्षतविक्षत पारिरहेका छन् ।” 

त्यही कारण, उहाँको भनाइमा, राष्ट्रपतिको उम्मेदवार हुन प्रारम्भिक तयारीका लागि एक समिति बनाएकी छु । 

सरकारी स्कुलकी पूर्व शिक्षिका एवं हार्वर्ड विश्वविद्यालयकी कानुन विषयकी प्राध्यापक वारेन उपभोक्ता र श्रमिक अधिकारकी प्रखर अधिवक्ता पनि हुनुहुन्छ । तर अमेरिकी जनताले राष्ट्रपति ट्रम्पसँग जुध्न वारेनका सीमामाथि ध्यान दिने सम्भावना छ । दुवै नेताबीचको रस्साकस्सीले मिश्रित प्रतिफल दिएको छ । 

वारेनको पछिल्लो घोषणाप्रति अमेरिकी राष्ट्रपति ट्रम्पले प्रतिक्रिया दिँदै आफूलाई सन् २०२० मा राष्ट्रपतिबाट विस्थापन गर्न नसक्ने बताउनुभयो । राष्ट्रपति ट्रम्पले वारेन उठ्ने विषयमा फक्स न्यूज च्यानललाई दिएको अन्तर्वार्तामा व्यङ्ग्यात्मक शैलीमा भन्नुभयो, “तपाइँले वारेनका मनोरोग चिकित्सकलाई सोध्नुपर्छ ।” 

राष्ट्रपति ट्रम्प नै सन् २०२० मा रिपब्लीकन पार्टीका तर्फबाट दोस्रो कार्यकालका लागि उम्मेदवार हुने सम्भावना छ । 

डेमोक्राट पार्टीबाट सन् २०२० को राष्ट्रपति चुनावमा जुलियन क्यास्ट्रो, जोन डिलानी र रिचार्ड ओजेडा समेतका तीन दर्जन उम्मेदवार हुने सम्भावना छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै