२०८२, २८ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सिरियामा विद्रोही समूहबीच झडप, १९ जनाको मृत्यु

२०७५, १८ पुष बुधबार ०९:०८

पुस १८, बेरुत | उत्तरी सिरियामा परस्पर दुई विद्रोही समूहबीच भएको झडपको क्रममा कम्तीमा १९ जनाको मृत्यु भएको सिरियामा जारी द्वन्द्वलाई निरीक्षण गरिरहेका मानव अधिकारीवादी संस्थाले जानकारी दिएका छन् । 

सिरियाको पश्चिमी प्रान्त अलेप्पोको पश्चिमी भागमा अल कायदा आबद्ध हयात ताहरिर अल–शाम (एचटीएस) र सिरियाली विद्रोही समूह नुरेद्दिन अल–जिन्कीबीच झडप भएको सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले जानकारी दिएको छ । 

सो झडपका क्रममा आफ्ना पाँच लडाकू मारिएको एचटीएसले सोमबार पुष्टि गरेको छ । त्यसैगरी एचटीएसले सिरियाको उत्तरपश्चिम प्रान्त इदलिबमा विद्रोहीको अखाडा लक्षित भीषण आक्रमण सुरु गरिसकेको पनि बताएको छ । 

बेलायतसँग आवद्ध अब्जरभेटरीका प्रमुख रमी अब्देल रहमानका अनुसार १२ जना एचटीएस र पाँच जिन्की समूहका सदस्य मारिएका छन् । साथै यस झडपमा परी दुई जना सर्वसाधारण समेत मारिएका अब्जरभेटरीका प्रमुख रहमानमा बताउनुभएको छ । यस झडपमा अन्य ३५ जना घाइते भएको उहाँले बताउनुभएको छ । 

नुरेद्दिन अल–जिन्की विद्रोही समूह नेसनल लिबरेसन फ्रन्ट (एनएलएफ) को मुख्य खेलाडीको रुपमा रहेको छ । एनएलएफ टर्की आवद्ध विद्रोहीको संयुक्त गठबन्धन हो । एचटीएसले र अन्य जिहादी समूहले इदलिब प्रान्तको आधा भन्दा बढी इलाकामा प्रभुत्व जमाएको छ । 

सिरियाका सन् २०११ को मार्च महिनामा सिरियाका राष्ट्रपति बसर अल असदको राजीनामाको माग गर्दै सुरु भएको जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भयो । 

सो युद्धमा हजारौंको सङ्ख्यामा जिहादी र विदेशी शक्तिको सहभागिता रहँदै गयो । सन् २०११ देखि हालसम्म जारी यस युद्धमा ३ लाख ६० हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । 

त्यसगरी यस आन्दोलनको क्रममा सिरियाभित्रै र छिमेकी देशमा दशौं लाख व्यक्ति शरणार्थी बन्न बाध्य भएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न