२०८२, २८ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विपक्षीलाई भोट दिएको भन्दै पति र छोराछोरीलाई बाँधी पत्नीमाथि सामूहिक बलात्कार

२०७५, २३ पुष सोमबार ०६:०१

पुस २३, काठमाडौं | बंगलादेशको एक अदालतले सत्ताधारी आवामी लीग पार्टीको स्थानीय नेतासहित सातजनालाई हिरासतमा लिन आदेश दिएको छ । उनीहरुलाई सामूहिक बलात्कारको आशंकामा हिरासतमा लिन अदालतले आदेश दिएको बीबीसीले जनाएको छ।


पीडित महिलाले गएको हप्ता भएको चुनावमा विपक्षी दललाई भोट दिएको भन्दै उनीहरुले सामूहिक बलात्कार गरेको आरोप लगाएकी छिन् । उनले गएको चुनावमा बंगलादेश नेश्नलिष्ट पार्टीलाई भोट दिएकी थिइन् । 

चार सन्तानकी आमासमेत रहेकी ती महिलामाथि चुनावको रातमा नै बलात्कार भएको थियो । घटनाको चौतर्फी चर्को विरोध भइरहेको छ । घटनापछि बलात्कारको आरोप लागेको ती नेतालाई पार्टीबाट निष्कासन गरिएको अवामी लिगले जनाएको छ । 

पीडित महिलाको श्रीमानले गएको हप्ता दिएको उजुरीमा भनेका छन्, केही मानिसहरु आधा रातमा नओखली जिल्लामा रहेको उनको घरमा जबरजस्ती प्रवेश गरेका थिए । उनीहरुले उनका साथै चार बच्चालाई बाँधेर उनकी पत्नीमाथि बलात्कार गरेका थिए । 

उनीहरु गैसकेपछि छिमेकीले ३५ वर्षीय ती पीडित महिलालाई अस्पताल लगेका थिए । 

प्राप्त जानकारी अनुसार चुनावका दिन ती महिला भोट दिन गएको बेलामा ती पुरुषहरुले उनलाई विपक्षी दलका उम्मेदवारलाई भोट दिन भनेका थिए । स्थानीय सञ्चारमाध्यममा बताइएअनुसार त्यतिबेला ती महिलाले आवामी लिगका पूर्व स्थानीय नेता राहुल अमिनसँग रिसाएर प्रतिक्रिया दिएकी थिइन् । एजेन्सी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न