२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुडानमा सरकारविरुद्ध प्रदर्शन जारी, तीन जनाको मृत्यु

२६ पुष २०७५, बिहीबार ११:३७

पुस २६, खार्तुम | सुडानमा सरकारको विरोधमा शुरु भएको प्रर्दशनको क्रममा तीन व्यक्तिको मृत्यु भएको प्रहरीले बिहीबार जानकारी दिएको छ । 

खार्तुम शहरमा त्यहाँका राष्ट्रपति ओमार अल बशिरविरुद्ध जारी यस प्रदर्शनमा हजारौँको सङ्ख्यामा समर्थकहरु रहेका थिए । 

सरकारले पाउरोटीको मूल्य तेब्बर गरेको भन्दै सुडानको राजधानी खार्तुम करिब एक महिनादेखि विरोध प्रदर्शन जारी रहेको छ । 

खार्तुम शहरको मुख्य सडक ओम्डुम्यानमा स्वतन्त्रता र शान्तिका लागि न्याय र क्रान्ति एकमात्र विकल्प भन्दै प्रदर्शन गरिरेहका सर्वसाधारणमाथि प्रहरीले अश्रु ग्याँस हानेको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् । 

ओम्डुम्र्यान सडकमा सरकारको विरोधमा प्रदर्शन गरिरहेका तीन जना प्रदर्शनकारीको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । तर उनीहरु कसरी मारिए भन्ने बारेमा भने प्रष्ट गरिएको छैन । 

गैरकानूनी रुपमा ओम्डुम्र्यान सडकमा जम्मा भएका प्रदर्शनकारीहरुलाई तितरबितर पार्नको लागि प्रहरीले अश्रु ग्याँस हानेको प्रहरी प्रवक्ता हासिम अब्देलरहिमद्वारा प्रकाशित विज्ञप्तिमा जानकारी दिइएको छ । 

यस प्रदर्शनको क्रममा तीन प्रदर्शनकारीको मृत्यु हुनुको साथै अन्य कैयौँ घाइते भएको जानकारी प्रहरीले प्राप्त गरेको र यस विषयमा अनुसन्धान भइरहेको पनि प्रहरी प्रवक्ताले जानकारी दिनुभएको समाचारमा उल्लेख छ । 

ओम्डुम्र्यान अस्पतालमा बुधबार अबेर राति गोली लागेर घाइते भएका छ जना व्यक्तिको उपचार गरिएको एक चिकित्सकले जानकारी दिएका छन् । 

गोली प्रहारबाट घाइते भएका ती व्यक्तिहरुको उपचार गरिएको जानकारी ती चिकित्सकले दिएका छन् । तर यस बारेको विस्तृत विवरण भने प्राप्त नभएको स्थानीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । 

यसैगरी चिकित्सकहरुद्धारा प्रकाशित एक विज्ञप्तिमा अस्पतालभित्रै प्रहरीले अश्रु ग्याँस र गोली प्रहारसमेत भएको बताइएको छ । यस विषयमा सरकारको कुनै भनाई आएको छैन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’