२०८२, २८ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अष्ट्रियामा जर्मनीका तीन नागरिकको मृत्यु, एक बेपत्ता

२०७५, २९ पुष आईतवार १०:३०

पुस २९, बर्लिन | अष्ट्रियाली आल्प्स पर्वतमा हिउँमा स्केटिङ गर्ने क्रममा जर्मनीका तीन नागरिकको मृत्यु भएको छ । अर्का एक जना भने अझै बेपत्ता रहेको अधिकारीहरुले जानकारी दिएका छन् । 

मृतकहरु ५७, ३६ र ३२ बर्षका पुरुष रहेको जनाइएको छ । शनिबार बेलुका लेच नजिकै हिउँमा खेल्न गएकाहरुको केहीबेरमै मृत्यु भएको बताइएको छ । 

अष्ट्रियाको भोरार्बर्गमा रहेको प्रहरी कार्यालयले आइतबार मृतकका आफन्तहरुले खोजी गरिदिन आग्रह गरेपछि खोजी गरिएको जनाएको छ । 

अझैपनि बेपत्ता रहेका २८ वर्षीय अर्का एक जना जर्मन नागरिकको पनि खोजी भइरहेको प्रहरी अधिकारीहरुले बताएका छन् । 

अत्यधिक हिउँ र हिमपहिरो आउन सक्ने खतराका कारण खोजी कार्यमा कठिनाइ भइरहेको प्रहरीको भनाई छ । 

युरोपेली देशहरुमा अहिले अत्यधिक चिसोका कारण हिउँ परेपछि मानवीय क्षति भएका समाचारहरु आइरहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न