२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कारबम आक्रमणमा परि २१ जनाको मृत्यु, ६८ घाइते

२०७५, ४ माघ शुक्रबार ०८:५४

माघ ४, बोगोटा | कोलोम्बिया सरकारले बिहीबारबाट तीन दिनको शोकको घोषणा गरेको छ । तालिम जारी रहेको अवस्थामा सैनिक विद्यायलमा भएको कारबम आक्रमण्मा परी कम्तीमा २१ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ६८ घाइते भएपछि सरकारले शोकको घोषणा गरेको हो । 

यस देशमा गएको १६ वर्ष यताको यो सबैभन्दा भिषण आक्रमण भएको सरकारी अधिकारीहरुले बताएका छन् । 

आतङ्ककारीहरुले ८० किलोग्राम विस्फोटक पदार्थ बोकेको एक सवारी साधन विस्फोट गराएका रक्षा मन्त्रालयले जानकारी दिएको छ । 

दुर्भाग्यबस यस बम आक्रमणमा परी २१ व्यक्तिको मृत्यु भएको र मृतकहरुमा आक्रमणकारी समेत रहेका पनि सो समाचारमा बताइएको छ । 

यस घटनामा परी घाइते भएका ६८ जनामा ५८ उपचारपछि घर फर्केका बताइएको छ । रक्षा मन्त्रालयले शुरुमा दिएको जानकारी अनुसार यस आक्रमणमा ११ जनाको मृत्यु हुनुको साथै ६५ घाइते भएका थिए । 

कोलोम्बियाका राष्ट्रपति इभान डुक्वेले यस घटनापछि दुःख व्यक्त गर्नुभएको छ । उक्त दुःखद घटनापछि गर्नु भएको ट्वीटमा लेख्नु भएको छ– सबै कोलोम्बियाली आतङ्कबादलाई अस्विकार गर्छन् र सबै एक भई आतङ्कबादविरुद्ध लड्ने छन् । 

यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएका छैन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै