२०८२, २८ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जहाजमै पाइलटबीच एक आपसमा कुटाकुट भएपछि…

२०७५, ७ माघ सोमबार ०७:४२

माघ ७ काठमाडौं | भारतको लखनउस्थित अमौसी एयरपोर्टमा बैंगलोरका लागि उड्न लागेको एउटा जहाजका पाइलटबीच कुटाकुट भएको छ ।  जहाज उड्नु भन्दा केही अघि एयर इन्डिगोको विमान (६-ई२२६) का दुई पाइलटबीच जहाजमै कुटाकुट भएको हो । 

पाइलटबीचको झगडाले यति उग्र रुप लियो कि उनीहरु जहाज उडाउनै छाडेर एयरपोर्टबाट बाहिरिए । यसका कारण जहाज पौने चार घण्टासम्म एयरपोर्टमै रोकियो । पाइलटबीचको कुटाकुटका कारण यात्रुहरु ४५ मिनेटसम्म जहाजमै रोकिएका थिए । 


पाइलटबीचको कुटाकुटले जहाज ढिलो हुँदा यात्रुले एयरपोर्टमै हंगामा गरे। त्यसपछि एयरलाइन्स प्रशासनलले पुणेबाट कोलकाता जाने विमान ६ई-५२३ का पाइलटलाई बोलाएर यस जहाजलाई साढे चार घण्टापछि साँझ ६.४९ बजे बैंगलोर पठाए । 

इन्डिगो एयरलाइन्सको विमानलाई चौधरी चरण सिंह अन्तरराष्ट्रिय एयरपोर्टबाट दिउँसो २ बजेर २० मिनेटमा लखनउबाट उडान भरेर अपरान्ह ४.३५ बजे बैंगलोर जानुपर्ने थियो । शनिवार जब यात्री एयरपोर्टको धावनमार्ग पुगे तब विमान ढिलो उड्ने थाहा पाए । 

धेरै ढिलासम्म विमान रनवेतर्फ नगएपछि यात्रीले एयरहोस्टेसलाई सोधेर पाइलटको झगडा थाहा पाए । एवई सिरिजको सिटमा बसेका यात्रुका अनुसार दुवै पाइलटले कुटाकुटपछि जहाज उडाउन अस्वीकार गरेका थिए । त्यसपछि पाइलटहरु जहाजबाट बाहिरिएका थिए । 

एयरपोर्ट सूत्रले भने पाइलटबीच झगडा नभएको दाबी गरेको छ ।पाइलटको ड्यूटी पूरी भएकाले उनीहरुले जहाज उडाउन नमानेको दाबी एयरपोर्ट प्रशासनले गरेको छ । यात्रुका अनुसार पाइलट कुटाकुट गर्न थालेपछि इन्डिगो एयरको हेल्पलाइनमा फोन गर्दा कर्मचारीले कुरा सुन्दै नसुनी फोन होल्डमा राखिदिएका थिए । 

एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न