२०८२, २८ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विशेष सुरक्षाबलमाथि आक्रमण हुँदा १८ जनाको मृत्यु, २७ घाइते

२०७५, ७ माघ सोमबार ०८:१०

माघ ७, अफगानिस्तान | अफगानिस्तानको पूर्वी प्रान्त वार्दाकको मैदान शारमा भएको एक आतङ्ककारी आक्रमणमा परी कम्तीमा १८ व्यक्तिको मृत्यु भएको छ । विशेष सुरक्षाबल रहेका प्रहरी चौकीमा उक्त आक्रमण भएको थियो । 

तालिबान लडाकू समूहले गरेको यस कारबम आक्रमणमा परी कम्तीमा १८ व्यक्तिको मृत्यु हुनुको साथै अन्य २७ घाइते भएका एक स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् । 

सोमबार बिहान भएको यस विस्फोटमा परी मारिएका र घाइते प्राय ः विशेष सुरक्षाबलका सदस्यहरु रहेका र घाइतेहरुको मैदान शारमा रहेको सार्वजनिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको जनाइएको छ । 

घाइते मध्ये चिन्ताजनक अवस्थामा रहेका केही व्यक्तिलाई भने राजधानी काबूलस्थित अस्पतालको आकस्मिक कक्षमा ल्याइएको प्रान्तीय स्वास्थ्य विभागका निर्देशक मोहमद सलिमले सिन्ह्वा समाचार समितिलाई बताउनु भएको छ । 

स्थानीय समायानुसार सोमबार बिहान ७ः४० मा सो विस्फोट भएको थियो । शहरबाट करिब दुर्ई किलोमिटर टाढा रहेको यस सैन्य चौकीमा अपहरण गरिएको सेनाको सवारी साधनमा नै विस्फोटक पदार्थ भरेर विस्फोटन गराइएको थियो । 

यस विस्फोटमा परी सो चौकीको प्रवेशद्धार र प्रमुख भवन ध्वस्त भएको एक सुरक्षा स्रोतले सिन्हवा समाचार समितिलाई जानकारी दिएको छ । 

आक्रमणको क्रममा चार जना तालिबान लडाकूको सहभागीता रहेको थियो । एक कारबम विस्फोटमा मारिएका र अन्य तीन बन्दुकधारी तालिबानी लडाकू सुरक्षाबलले गरेको जवाफि कारबाहीमा मारिएका छन् । यस आक्रमणको केही समयपछि नै तालिबान लडाकू समूहले जिम्मा लिएका छन् । 

तालिबानका प्रवक्ता जाबिउल्लाह मुजाहिद सञ्चार माध्यमलाई यस आक्रमणमा आफूहरुको हात रहेको बताएका छन् । 

सन् २००१अन्य मा सत्ताबाट अपदस्थ भएका तालिबानले बारम्बार सरकारी सैनिक र सर्वसाधारणको हत्या गदैै आएका छन् । 

गत आइतबार पनि लोगार प्रान्तमा भएको एक आक्रमणमा परी आठ अफगान सुरक्षा अधिकारी मारिनुको साथै अन्य कैयौ घाइते भएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न