२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एयरबसले एसएमबीसी समूहलाई ६५ वटा बिमान बिक्री गर्ने

२०७५, ७ माघ सोमबार ११:३९

माघ ७, पेरिस | बिमान खरिदबिक्री गर्ने एसएमबीसी एभिएसन क्यापिटलले फ्रान्सस्थित एयरबस कम्पनीसँग ए३२०नियो सिरिजका ६५ वटा बिमान खरिद गर्न लागेको एयरबस कम्पनीले जनाएको छ । उक्त बिमानको मूल्य ७ अर्ब ४७ करोड डलर रहेको छ । 

डब्लिनस्थित उक्त एसएमबीएस कम्पनीले गतवर्ष ७१ थान एयरबस खरिद गरेको थियो । ठूलो संख्यामा बिमान खरिद गर्न लागेकाले बिक्री मूल्यमा कमी आउने कम्पनीले जनाएको छ । 


विश्वकै ठूलो बिमान खरिदबिक्री र लिजमा बिमान दिने एसएमबीसी कम्पनी जापानी कम्पनीहरुको साझेदारीमा स्थापना भएको हो । 

गत जनवरी ३ मा एयरबस कम्पनीले अमेरिकी एयरलाइन्स जेटब्लूलाई ११ अर्ब अमेरिकी डलरमा १२० थान ए२२०–३०० सिरिजका बिमानहरु बिक्री गर्न लागेको जनाएको थियो । 

विश्वका दुई ठूला बिमान कम्पनीहरु एयरबस र बोइङबीच विश्व बजारमा आधिपत्य रहँदै आएको छ । सन् २०१८ मा एयरबसले ८०० वटा व्यावसायिक बिमान बिक्री गरेको थियो भने बोइङले ८०६ वटा बिमान बिक्री गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै