२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ब्राजिलमा बाँध भत्किदा ७ जनाको मृत्यु, १५० बेपत्ता

२०७५, १२ माघ शनिबार १०:०९

माघ १२, रियो दि जेनेरियो | ब्राजिलको दक्षिणपूर्वी क्षेत्रमा रहेको बाँध भत्किदा कम्तीमा सात जनाको मृत्यु भएको छ । 

शुक्रबार बिहान भएको घटनामा परी अरु नौ जना घाइते भएका र १५० भन्दा बढी बेपत्ता भएका अधिकारीहरुले बताएका छन् । 

मिनास गिरैस राज्यमा यो घटना भएको सरकारी अधिकारीहरुले शुक्रबार बेलुका सञ्चार माध्यमहरुलाई जानकारी दिएका छन् । 

पिडितहरुका बारेमा थप विवरण भने सार्वजनिक गरिएको छैन । घटनास्थलमा एक सय भन्दा बढी व्यक्तिहरु छुट्टा छुट्टै उद्धार तथा खोजी कार्यमा लागेका छन् । 

घटनास्थलमा ४२७ भन्दा बढी कामदारहरु काम गरिरहेकोमा १५० भन्दा बढी कामदारहरु अहिले सम्पर्कमा नरहेको अधिकारीहरुको भनाई छ । 

कामदार बाहेक स्थानीय बासिन्दाहरुपनि बेपत्ता भएको आशंका गरिएकाले बेपत्ता हुनेहरुको संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ । 

माटोको पहिरो गएकाले ब्रुमाडिन्हो नगरपालिकामा रहेको सो बाँध भत्किएको उद्धार कार्यमा खटिएकाहरुले बताएका छन् । 

बाँध भत्किएर त्यहाँको एउटा कार्यालय र स्थानीय वासस्थानमा असर परेको समाचारमा जनाइएको छ । 

खोजी तथा उद्धार कार्यकालागि अग्नीनियन्त्रकहरु र अन्य उद्धारकर्ताहरु परिचालित भएका छन् । शनिबार अन्य २०० जना त्यस क्षेत्रमा पुग्ने अपेक्षा गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै