२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदी अरबको पेट्रोल कम्पनीको आम्दानीमा वृद्धि

१३ माघ २०७५, आईतवार १७:०१

माघ १३, रियाद, साउदी अरब (रासस/एएफपी) | साउदी अरबको प्रसिद्ध पेट्रोल कम्पनी (एसएबीआइसी) ले गत बर्षको अन्तिम त्रैमासिकमा पेट्रोलको मुल्यमा देखिएको गिरावटका कारण खूद नाफामा पनि गिरावट देखिएपनि सन् २०१८ को समग्र मूल्यमा वृद्धि भएको उक्त कम्पनीले जनाएको छ । 

साउदी अरबमा सबैभन्दा ठूलो पेट्रोल कम्पनी एसएबीआइसीले जारी गरेको विज्ञप्तिमा गत बर्षको अन्तिम त्रैमासिकमा कम्पनीको नाफा १२.४ प्रतिशतमा झर्दा ८६ करोड ४० लाख अमेरिकी डलरको कारोबार भएको थियो । सन् २०१७ को सोही समयमा कम्पनीले ९८ करोड ७० लाख अमेरिकी डलरको कारोबार गरेको थियो ।

कम्पनीले खुद नाफामा कमी हुनुको कारण पेट्रोलको निम्न मूल्य कायम हुनु र कम्पनी आवद्ध संस्थाको कारोबार अभियानमा देखिएको सुस्तता जिम्मेवार भनेको छ ।

यद्यपि एसएबीआइसीले सन् २०१८ को समग्र कारोबारमा कम्पनीको खुद नाफा १७ प्रतिशतले वृद्धि भएको जनाएको छ ।

विश्वका ठूला १० शैलरासायन कारोबार कम्पनीमध्येको एक एसएबीआइसीले सन् २०१८ को खुद नाफा पाँच अर्ब ७४ करोड अमेरिकी डलर रहेको बताएको छ । अघिल्लो बर्ष उक्त कम्पनीको खुद नाफा चार अर्ब ९१ करोड रहेको थियो । 

सन् २०१८ मा पेट्रोलको मूल्यमा क्रमिकरूपमा वृद्धि देखिएको भएपनि चौथो त्रैमासिकमा ४० प्रतिशतले घटेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…