२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चीनसँगको सम्बन्ध प्रगाढ बनाउने जापानी प्रधानमन्त्रीको दृढता

२०७५, १४ माघ सोमबार १०:३७

माघ १४, टोकियो । जापानका प्रधानमन्त्री शिन्जो आबेले चीनसँग निरन्तर सुधारको क्रममा रहेको दुईदेशबीचको सम्बन्धलाई थप प्रगाढ बनाइने बताउनुभएको छ । साथै, उहाँले चीनको बढ्दो सैनिक गतिविधि र उत्तर कोरियाको आणविक निःशस्त्रीकरणको अनिश्चितताका कारण जापानको सैनिक क्षमता सुदृढ गर्न लगानी बढाउँदै लैजाने स्पष्ट गर्नुभयो । 

संसदमा सोमबार जापानको विदेश नीतिका बारेमा सम्बोधन गर्दै प्रधानमन्त्री आबेले दक्षिण कोरियासँग पछिल्लो समय उत्पन्न गतिरोधका बारेमा भने केही उल्लेख गर्नुभएन । विगतमा उहाँले दक्षिण कोरियालाई जापानको सर्वाधिक महत्वपूर्ण छिमेकी बताउँदै आउनुभएको थियो । 

प्रधानमन्त्री आबेले जापान–चीन सम्बन्धमा गत वर्ष अक्टोबरमा आफूले चीनको भ्रमण गरेयता सामान्य अवस्थामा आएको बताउनुभयो । 

दुबै मुलुकबीच व्यापार र अरु क्षेत्रमा परस्पर सहयोग बढाउन जापान इच्छुक रहेको पनि उहाँले जानकारी दिनुभयो । “जापान–चीन सम्बन्ध अहिले सुमधुर अवस्थामा छ । आगामी दिनमा सबै क्षेत्रमा यो सम्बन्धलाई थप विस्तार गर्ने मेरो चाहना छ ।” 

अमेरिकासँग चीन र जापान दुबै मुलुकको व्यापारिक सम्बन्धमा तनाव उत्पन्न भएसँगै दुबै मुलुक नजिएको अनुमान गरिएको छ । 

एसियाका परस्पर प्रतिस्पर्धी यी दुबै मुलुकको सम्बन्ध सन् २०१२ यता निकै कमजोर स्थितिमा पुगेको थियो । खासगरी, जापानको नियन्त्रणमा रहेका पूर्वी चिनीया सागरमा अवस्थित टापुहरुमा चीनले दाबी गरेपछि दुबै मुलुकबीचको सम्बन्धमा दरार उत्पन्न भएको थियो । 

प्रधानमन्त्री आबले भन्नुभयो, “तैपनि, जापानले आफ्नो प्रतिरक्षा क्षमतालाई सुदृढ गर्नु आवश्यक छ, खासगरी अन्तरिक्ष र साइबर क्षेत्रमा ।” जापानले विगतदेखि नै चीनको बढ्दो सैनिक उपस्थितिले क्षेत्रकै सुरक्षामा चुनौती उत्पन्न भएको बताउँदै आएको छ । 

हालैका वर्षहरुमा चीनले अन्तरिक्ष प्रविधिमा गरेको तिब्र विकासले जापानमाथि थप दबाब सिर्जना भएको छ । जापानी अधिकारीहरुले उत्तर कोरियाले निर्माण गरेका क्षेप्यास्त्र र आणविक अस्त्रले पनि अरु समस्या निम्त्याउने बताइरहेका छन् । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानले अमेरिकी सामान बढी मात्रामा खरिद गर्नुपर्ने भनी निरन्तर दबाब दिइरहनु भएको छ । यसै वर्ष दुबै मुलुकबीच व्यापार वार्ता शुरु हुँदैछन् । जापानले यसअघि नै निकै महङ्गा अत्याधुनिक अमेरिकी क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली र अरु हातहतियार खरिद गरिसकेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै