२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चीनसँगको सम्बन्ध प्रगाढ बनाउने जापानी प्रधानमन्त्रीको दृढता

१४ माघ २०७५, सोमबार १०:३७

माघ १४, टोकियो । जापानका प्रधानमन्त्री शिन्जो आबेले चीनसँग निरन्तर सुधारको क्रममा रहेको दुईदेशबीचको सम्बन्धलाई थप प्रगाढ बनाइने बताउनुभएको छ । साथै, उहाँले चीनको बढ्दो सैनिक गतिविधि र उत्तर कोरियाको आणविक निःशस्त्रीकरणको अनिश्चितताका कारण जापानको सैनिक क्षमता सुदृढ गर्न लगानी बढाउँदै लैजाने स्पष्ट गर्नुभयो । 

संसदमा सोमबार जापानको विदेश नीतिका बारेमा सम्बोधन गर्दै प्रधानमन्त्री आबेले दक्षिण कोरियासँग पछिल्लो समय उत्पन्न गतिरोधका बारेमा भने केही उल्लेख गर्नुभएन । विगतमा उहाँले दक्षिण कोरियालाई जापानको सर्वाधिक महत्वपूर्ण छिमेकी बताउँदै आउनुभएको थियो । 

प्रधानमन्त्री आबेले जापान–चीन सम्बन्धमा गत वर्ष अक्टोबरमा आफूले चीनको भ्रमण गरेयता सामान्य अवस्थामा आएको बताउनुभयो । 

दुबै मुलुकबीच व्यापार र अरु क्षेत्रमा परस्पर सहयोग बढाउन जापान इच्छुक रहेको पनि उहाँले जानकारी दिनुभयो । “जापान–चीन सम्बन्ध अहिले सुमधुर अवस्थामा छ । आगामी दिनमा सबै क्षेत्रमा यो सम्बन्धलाई थप विस्तार गर्ने मेरो चाहना छ ।” 

अमेरिकासँग चीन र जापान दुबै मुलुकको व्यापारिक सम्बन्धमा तनाव उत्पन्न भएसँगै दुबै मुलुक नजिएको अनुमान गरिएको छ । 

एसियाका परस्पर प्रतिस्पर्धी यी दुबै मुलुकको सम्बन्ध सन् २०१२ यता निकै कमजोर स्थितिमा पुगेको थियो । खासगरी, जापानको नियन्त्रणमा रहेका पूर्वी चिनीया सागरमा अवस्थित टापुहरुमा चीनले दाबी गरेपछि दुबै मुलुकबीचको सम्बन्धमा दरार उत्पन्न भएको थियो । 

प्रधानमन्त्री आबले भन्नुभयो, “तैपनि, जापानले आफ्नो प्रतिरक्षा क्षमतालाई सुदृढ गर्नु आवश्यक छ, खासगरी अन्तरिक्ष र साइबर क्षेत्रमा ।” जापानले विगतदेखि नै चीनको बढ्दो सैनिक उपस्थितिले क्षेत्रकै सुरक्षामा चुनौती उत्पन्न भएको बताउँदै आएको छ । 

हालैका वर्षहरुमा चीनले अन्तरिक्ष प्रविधिमा गरेको तिब्र विकासले जापानमाथि थप दबाब सिर्जना भएको छ । जापानी अधिकारीहरुले उत्तर कोरियाले निर्माण गरेका क्षेप्यास्त्र र आणविक अस्त्रले पनि अरु समस्या निम्त्याउने बताइरहेका छन् । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानले अमेरिकी सामान बढी मात्रामा खरिद गर्नुपर्ने भनी निरन्तर दबाब दिइरहनु भएको छ । यसै वर्ष दुबै मुलुकबीच व्यापार वार्ता शुरु हुँदैछन् । जापानले यसअघि नै निकै महङ्गा अत्याधुनिक अमेरिकी क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली र अरु हातहतियार खरिद गरिसकेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…