२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्यालेस्टिनी प्रधानमन्त्रीको राजीनामा स्वीकृत

१६ माघ २०७५, बुधबार १०:३९

माघ १६, रमल्लाह | प्यालेस्टिनी राष्ट्रपति मोहम्मद अब्बासले प्रधानमन्त्री रामी हम्दल्लाहले दिनुभएको राजीनामा स्वीकृत गर्नुभएको छ । 

राष्ट्रपति अब्बासले मङ्गलबार प्रधानमन्त्री हम्दल्लाहको राजीनामा स्वीकृत गर्नुभएको राष्ट्रपति कार्यालयद्वारा जारी प्रेस वक्तव्यमा उल्लेख छ । 

प्यालेस्टिनी सरकारी समाचार संस्था वाफाले अर्को सरकार नबन्दासम्म यही सरकारले काम गर्नेगरी उहाँले राजीनामा स्वीकृत गर्नुभएको जनाएको छ । राष्ट्रपति अब्बासले नयाँ सरकार बनाउनका लागि चाँडै प्रक्रिया सुरु गर्नुहुने पनि समाचारमा जनाइएको छ । 

प्रधानमन्त्रीको राजीनामासँगै प्यालेस्टाइन क्षेत्रमा संसदीय निर्वाचनका लागि नयाँ सरकार गठन गर्नुपर्ने स्थिति उत्पन्न भएको छ । 

प्यालेस्टाइनमा सन् २००६ को जनवरीमा पछिल्लो संसदीय निर्वाचन भएको थियो । त्यतिबेलाको निर्वाचनमा इस्लामिक समूह हमासले अत्यधिक बहुमत ल्याएको थियो । 

प्रधानमन्त्री हम्दल्लाहले रमल्लाहमा मङ्गलबार बसेको मन्त्रिपरिषद्को साप्ताहिक बैठकपछि राजीनामा दिने निर्णय लिनुभएको थियो । 

उहाँले लामो समयदेखि हमास समूहभित्र उत्पन्न आन्तरिक विभाजन अन्त्य गर्ने र मेलमिलापको वातावरण बनाउने उद्देश्यले राजीनामा दिएको बताउनुभएको छ । 

साठी वर्षीय हम्दल्लाह सन् २०१३ मा पहिलोपटक प्यालेस्टाइनको प्रधानमन्त्री बन्नुभएको थियो । सन् २०१४ मा राष्ट्रपति अब्बासले हम्दल्लाहको सरकारलाई “राष्ट्रिय मेलमिलाप सरकार”को रुपमा मान्यता दिई प्यालेस्टिनी समूहहरुबीच मेलमिलापको वातावरण निर्माण गर्ने जिम्मेवारी दिनुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…