२०८२, २८ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ब्रेक्जिटः बेलायती प्रधानमन्त्रीलाई नयाँ म्यान्डेट

२०७५, १६ माघ बुधबार १०:५०

माघ १६, लन्डन | युरोपेली युनियन (इयू) बाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) सम्बन्धी यसअघि इयूसँग गरिएको सम्झौतामा पुनर्विचार गर्न बेलायतको संसदले प्रधानमन्त्री थेरेसा मेलाई अख्तियारी दिएको छ । तर इयूका नेताहरुले यसअघि बेलायतसँग भएको सम्झौतामा पुनर्विचार हुनै नसक्ने अडान राख्दै आएका छन् । 

बेलायती प्रधानमन्त्री मेले आगामी मार्च २९ तारिखबाट इयूसँगको ४६ वर्षदेखिको सम्बन्ध तोड्ने गरी सम्झौतामा ब्रसेल्समा हस्ताक्षर गर्नुभएको छ । उक्त सम्झौतामा इयूमा आबद्ध २७ देशका सरकार प्रमुखहरुले हस्ताक्षर गरिसक्नुभएको छ । 

आयरल्यान्डको सीमा इयू मुलुकका लागि निश्चित समयावधिसम्म खुला गर्नेगरी प्रधानमन्त्री मेले गर्नुभएको सम्झौता कुनै पनि परिस्थितिमा स्वीकार नगर्ने बेलायती सांसदहरुले भनाइ छ । सांसदहरुले प्रधानमन्त्रीको उक्त प्रस्तावलाई अस्वीकार गरी संशोधित सम्झौतालाई मात्र स्वीकार गर्ने बताएका छन् । 

इयूका नेता डोनाल्ड टस्कका एकजना प्रवक्ताले यसअघि बेलायतसँग भएको सम्झौतामा पुनः पुनर्विचार हुनै नसक्ने बताएका छन् । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याँक्रोले यसअघि भएको सम्झौता नै सबैभन्दा उत्कृष्ट रहेको बताउनुभयो । 

प्रधानमन्त्री मेमाथि ब्रसेल्सलाई पुनः वार्ताका लागि सहमतिमा ल्याउनु फलामको च्यूरा सरह हुनेछ । प्रधानमन्त्री मेले संसदमा भन्नुभयो, “वार्ताका लागि पुनः इयूलाई राजी गराउनु त्यति सहज छैन । तर अघिल्लो साताको तुलनामा अब संसदले के चाहेको छ भन्ने बढी सुस्पष्ट भएको छ ।” 

गत जनवरी १५ मा संसदले इयूसँगको मस्यौदा सम्झौतालाई भारी बहुमतले अस्वीकार गरेको थियो । 

उक्त अस्वीकृतिले आगामी मार्च २९ मा बेलायतको बहिर्गमन इयूसँग बिना सम्झौता हुने सम्भावना बढाएको थियो । मार्च २९ सम्ममा कुनै सम्झौता बेगर नै बेलायत इयूबाट अलग्गिएको अवस्थामा व्यापार र आर्थिक क्षेत्रमा ठूलै सङ्कट आउने अनुमान गरिएको छ । 

प्रधानमन्त्रीको कन्जरभेटिभ पार्टीका ब्रेक्जिटका कट्टर समर्थक सांसदहरुले आयरल्यान्डको सीमालाई निश्चित समयावधिसम्म इयूका लागि खुला गर्ने हो भने त्यसले बेलायतसँगै इयूका व्यापार नियमहरु लागू भइरहने बताएका छन् । यसपटक संशोधित बुँदामा आयरल्यान्डका सम्बन्धमा बैकल्पिक व्यवस्था गर्नेतर्फ विचार गरिने उल्लेख छ तर यो पनि अमूर्त प्रस्ताव रहेको धेरैको भनाइ छ । एएफपी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न