२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मेक्सिकोमा पाइप विस्फोट: मृत्यु हुनेको सङ्ख्या १ सय १७ पुग्यो

१६ माघ २०७५, बुधबार १२:१६

माघ १६, मेक्सिको सिटी, | इन्धनको पाइप विस्फोटनमा परी मेक्सिकोमा मृत्यु हुनेको सङ्ख्या ११७ पुगेको छ । 

यही जनवरी १८ तारिखका दिन मेक्सिकोको हिडाल्गोमा भएको घटनामा परी मृत्यु हुनेको सङ्ख्या मङ्गलबारसम्म ११७ पुगेको सरकारी अधिकारीहरुले जनाएका छन् । 

उनीहरुले दिएको पछिल्लो जानकारी अनुसार मृत्यु भएका मध्ये ६८ जनाको घटनास्थलमै मृत्यु भएको हो भने ४९ जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । 

दुर्घटनामा परेकामध्ये अहिले पनि २७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको रोग नियन्त्रण राष्ट्रिय केन्द्रका महानिर्देशक रोए लोपेजले जानकारी दिनुभयो । 

घाइतेमध्ये १० जना अत्यन्त गम्भीर, १३ जना गम्भीर र अरु चार जनाको अवस्था सामान्य रहेको उहाँले बताउनुभयो । 

अघिल्लो शुक्रबार बेलुका ७ः०० बजे ट्लाहुलिपान नगरको सान प्रिमिटिभो क्षेत्रमा एउटा पाइपलाइन देखिएपछि त्यसैलाई छेडेर तेल जम्मा गर्ने क्रममा विस्फोटन भएको थियो । 

तेल केही मिटर माथिसम्म हावामा फोहराका रूपमा पाइपबाट बाहिर निस्किएको र यसैबाट तेल जम्मा गर्न भिड लागेको समयमा आगलागी हुँदा पाइपलाइन विस्फोट भएको बताइएको छ । 

अनुमतिविना नै पाइपलाई खोपेर स्थानीयले तेल जम्मा गर्ने लोभ गर्दा उक्त दुर्घटना भएको राज्य सञ्चालित पेट्रोल कम्पनीले जनाएको छ । 

मेक्सिकोमा यसअघि सन् २०१० मा भएको यस्तै विस्फोटनमा परी ३० जनाको ज्यान गएको थियो भने ५२ जना घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य