२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ग्वाटेमाला र मेक्सिकोको सीमाक्षेत्रमा भूकम्प

१९ माघ २०७५, शनिबार ११:१७

माघ १९, ग्वाटेमाला सिटी | ग्वाटेमाला र मेक्सिकोमा महशुस हुनेगरी शुक्रबार ६.५ म्याग्नीच्युडको भूकम्प गएको छ । 

भूकम्पका कारण कम्तीमा तीन जना घाइते भएका छन् भने केही भौतिक संरचनामा क्षति पुगेको छ । 

मेक्सिको र ग्वाटेमालाको सीमा क्षेत्रमा केन्द्रविन्दु बनाएर आएकाले सो भूकम्पको महशुस दुबै देशमा गरिएको अधिकारीहरुले बताएका छन् । 

सिउडाड हिडाल्गोदेखि ३७ किलोमिटर दक्षिणपश्चिमतर्फ गएको भूकम्प ६२ किलोमिटर गहिरो रहेको मेक्सिकोको राष्ट्रिय भूगर्भ सेवाले जनाएको छ । 

ग्वाटेमालाका तीन ओटा राजमार्ग अवरुद्ध भएका छन् । त्यसैगरी अरु कम्तीमा तीन जना घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन् । 

भूकम्पको झड्का एल सल्भाडोर र मेक्सिको सिटीसम्म पनि महशुस गरिएको थियो । मेक्सिकोको राजधानी मेक्सिको सिटीदेखि भूकम्पको केन्द्रविन्दु झण्डै १२ किलोमिटर टाढा पर्दछ । 

भूकम्प प्रभावित हजारांै मानिसलाई सुरक्षित स्थलमा सारिएको थियो भने आमनागरिकमा त्रास फैलिएको अधिकारीहरुले बताएका छन् । 

मेक्सिकोमा यसअघि सन् २०१७ को सेप्टेम्बरमा गएको भूकम्पका कारण ४६५ जनाको मृत्यु भएको थियो भने दशौँ हजार घरहरु भत्किएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस