२०८२, २८ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वमै सबैभन्दा धेरै बाँचेकी महिलाको मृत्यु, मर्नुअघि खोलीन यस्तो रहस्य !

२०७५, २८ माघ सोमबार ०७:२३

काठमाडौं । विश्वको मानव इतिहासमै सबैभन्दा धेरै बाँचेको दाबी गरिएकी रुसकी महिलाको १ सय २९ वर्षको उमेरमा मृत्यु भएको छ । गिनिज बुकमा आधिकारिक रुपमा दर्ता नभएको भएपनि उनी विश्व इतिहासमै सबैभन्दा धेरै बाँचेकी महिला भएको दाबी रुस सरकारको छ ।

आगामी जुनमा १ सय ३० औँ जन्मदिन मनाउने योजना बनाएकी कोकु इस्ताम्बुलोभाको हालै मृत्यु भएको हो ।


स्टालिन कालमा चेचेन माथिको दमनबाट बाँच्न सफल कोकुले आफ्नो मृत्युअघि आफ्नो जीवनका केही रहस्यहरु खोलेकी थिइन् ।

उनको जीवनका रहस्यहरुमध्ये सबैभन्दा अनौठो लाग्ने कुरा त यो थियो किन उनी आफ्नो त्यो लामो जीवनकालमा केवल एक दिनमात्र खुसी भइन् ।

रुसको चेचेन्या सहरकी कोकु इस्तम्बुलोभा करीब ४७ हजार ८५ दिनसम्म बाँचिन् । यतिका धेरै दिनसम्म बाँच्दा उनी केवल एक दिनमात्र खुसी हुनुले उनको जीवन कति दुःखदायी रहेछ भन्ने पुष्टि हुन्छ ।

जीवनमा बाँच्ने इच्छा उनलाई थिएन र छिटै मरुँ भन्ने कामना गर्थिन् । तर उनले चाहेको भएन । उनी १ सय २९ वर्षसम्म बाँचिन् ।

गत जनवरी २७ मा चेचेन्यास्थित आफ्नै घरमा उनको मृत्यु भएको उनका नाति इलियास अबुबाकारोभले बताएका छन् । मृत्यु हुनुअघिसम्म उनी बोल्दै, ठट्टा गर्दै थिइन् । एक्कासी उनले छाति दुख्यो भनिन् । तत्कालै डाक्टर बोलाइयो । डाक्टरले जाँच गर्दा उनको रक्तचाप निकै कम भएको पाइयो । उनको उपचारमा डाक्टरहरुले कुनै कसर बाँकी राखेनन् । तर उनलाई बचाउन सकिएन ।

उनका ५ जना नाति-नातिना र १६ जना पनाती-पनातिना छन् । उनी रुसमा मात्र नभै विश्वमै आफ्नो पुस्ताको सबैभन्दा पछिल्लो मानिस हुन् ।

उनको जन्म मिति १ जुन १८८९ हो, यद्यपि पासपोर्टमा भने केवल १८८९ मात्र उल्लेख छ । एजेन्सी 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न