२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वमै सबैभन्दा धेरै बाँचेकी महिलाको मृत्यु, मर्नुअघि खोलीन यस्तो रहस्य !

२८ माघ २०७५, सोमबार ०७:२३

काठमाडौं । विश्वको मानव इतिहासमै सबैभन्दा धेरै बाँचेको दाबी गरिएकी रुसकी महिलाको १ सय २९ वर्षको उमेरमा मृत्यु भएको छ । गिनिज बुकमा आधिकारिक रुपमा दर्ता नभएको भएपनि उनी विश्व इतिहासमै सबैभन्दा धेरै बाँचेकी महिला भएको दाबी रुस सरकारको छ ।

आगामी जुनमा १ सय ३० औँ जन्मदिन मनाउने योजना बनाएकी कोकु इस्ताम्बुलोभाको हालै मृत्यु भएको हो ।


स्टालिन कालमा चेचेन माथिको दमनबाट बाँच्न सफल कोकुले आफ्नो मृत्युअघि आफ्नो जीवनका केही रहस्यहरु खोलेकी थिइन् ।

उनको जीवनका रहस्यहरुमध्ये सबैभन्दा अनौठो लाग्ने कुरा त यो थियो किन उनी आफ्नो त्यो लामो जीवनकालमा केवल एक दिनमात्र खुसी भइन् ।

रुसको चेचेन्या सहरकी कोकु इस्तम्बुलोभा करीब ४७ हजार ८५ दिनसम्म बाँचिन् । यतिका धेरै दिनसम्म बाँच्दा उनी केवल एक दिनमात्र खुसी हुनुले उनको जीवन कति दुःखदायी रहेछ भन्ने पुष्टि हुन्छ ।

जीवनमा बाँच्ने इच्छा उनलाई थिएन र छिटै मरुँ भन्ने कामना गर्थिन् । तर उनले चाहेको भएन । उनी १ सय २९ वर्षसम्म बाँचिन् ।

गत जनवरी २७ मा चेचेन्यास्थित आफ्नै घरमा उनको मृत्यु भएको उनका नाति इलियास अबुबाकारोभले बताएका छन् । मृत्यु हुनुअघिसम्म उनी बोल्दै, ठट्टा गर्दै थिइन् । एक्कासी उनले छाति दुख्यो भनिन् । तत्कालै डाक्टर बोलाइयो । डाक्टरले जाँच गर्दा उनको रक्तचाप निकै कम भएको पाइयो । उनको उपचारमा डाक्टरहरुले कुनै कसर बाँकी राखेनन् । तर उनलाई बचाउन सकिएन ।

उनका ५ जना नाति-नातिना र १६ जना पनाती-पनातिना छन् । उनी रुसमा मात्र नभै विश्वमै आफ्नो पुस्ताको सबैभन्दा पछिल्लो मानिस हुन् ।

उनको जन्म मिति १ जुन १८८९ हो, यद्यपि पासपोर्टमा भने केवल १८८९ मात्र उल्लेख छ । एजेन्सी 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…