दुई दिने भ्रमणका लागि उहाँ यही फेब्रुअरी १६ तार"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दुई दिने भ्रमणका लागि उहाँ यही फेब्रुअरी १६ तार"/>
२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदी अरबका युवराज सलमान पाकिस्तान आउने

२९ माघ २०७५, मंगलवार ०८:४५

माघ २९, इस्लामावाद । साउदी अरबका युवराज मोहम्मद बिन सलमानले यही महिना पाकिस्तानको भ्रमण गर्नुहुने भएको छ । 

दुई दिने भ्रमणका लागि उहाँ यही फेब्रुअरी १६ तारिखका दिन शनिबार पाकिस्तानको राजधानी शहर इस्लामावाद आउने कार्यक्रम तय भएको अधिकारीहरुले जनाएका छन् । 

पाकिस्तानका लागि साउदी अरबका राजदूत नवाफ बिन सइद अल मालिकीले सोमबार युवराज सलमानको भ्रमणको पुष्टि गर्नुभएको हो । 

भ्रमणको सुरक्षा व्यवस्थाका लागि सुरक्षा टोलीको एक समूह सोमबार नै इस्लामावाद आइसकेका उहाँले बताउनु भयो । 

त्यसैगरी स्वास्थ्यकर्मी र संचारकर्मीहरुको टोली पनि सोमबार नै इस्लामावाद आईसकेको उहाँलाई उद्धृत गर्दै विभिन्न सञ्चार माध्यमहरुले जनाएका छन् । 

भ्रमणका क्रममा उहाँले आर्थिक सहायतसँगै व्यापार र दुई पक्षीय सम्वन्धका बारेमा पनि सम्झौता र छलफहरु गर्नुहुने जनाइएको छ । अहिलेको व्यापार सम्झौता पाकिस्तानको इतिहासमै सवै भन्दा ठूलो हुने बताइएको छ । 

त्यसैगरी यमन, अफगानिस्तानको संकट र त्यहाँ भइरहेको शान्ति वार्ताका प्रयासहरुका बारेमा पनि युवराज सलमान र पाकिस्तानी उच्च अधिकारीहरुले छलफल गर्नुहुने अधिकारीहरुले बताएका छन् । 

गत बर्षको अक्टोबरमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानको साउदी अरब भ्रमणका क्रममा साउदी अरबको तर्फबाट व्यापार तथा सहयोग सम्वन्धि प्रतिबद्धता व्यक्त भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…