२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकी तथा दक्षिण कोरियाली विदेशमन्त्रीबीच भेटवार्ता

३ फाल्गुन २०७५, शुक्रबार ०९:१९

फागुन ३, वासिङटन | अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले उहाँका दक्षिण कोरियाली समकक्षी काङ क्युङ–ह्वासँग पोल्याण्डको राजधानी वार्सामा कोरियाली प्रायदीपलाई आणविक निशस्त्रिकरण गर्न आ–आफ्ना तहबाट भइरहेका प्रयासबारे कुराकानी हुने भएको छ । 

मध्यपूर्वको सुरक्षार्थ वार्सामा भइरहेको सम्मेलनका अवसरमा पोम्पेओ र काङले भएको कुराकानीमा कोरियाली प्रायदीपलाई आणविकरूपमा निशस्त्रिकरण गर्ने सन्दर्भमा प्योङयाङसँगका छलफलबारे एक आपसबाट भएका प्रयास उल्लेख गर्नुभएको थियो । 

अमेरिकी विदेश विभागका अनुसार उहाँहरूले अमेरिका–दक्षिण कोरिया र जापानबीच त्रिपक्षीय सहकार्यका लागि प्रतिवद्धता प्रकट गर्नुभएको छ । 

अमेरिकी समाचार संस्था सीबीएससँगको अन्तवार्तामा विदेशमन्त्री पोम्पेओले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा उत्तर कोरियाली नेता किम जङ उनबीच भियतनामको हनोइमा फेब्रुअरीको अन्त्यमा हुने दोस्रो शिखर सम्मेलनको तयारीबारे छलफलका लागि यसै हप्ताको अन्त्यसम्म अमेरिकाले एसियामा एउटा कार्यदल पठाउने सहमति भएको बताउनुभयो । 

विदेशमन्त्री पोम्पेओले भन्नुभयो, “अब आणविक निशस्त्रिकरणका लागि काम शुरू गर्ने समय भएको छ र आशा छ यो शिखर सम्मेलनले यसलाई सम्पन्न गर्नेछ ।” 

उत्तर कोरिया मामिला अमेरिकी विशेष प्रतिनिधि स्टेफन बेइगनले गत हप्ता प्योङयाङको तीन दिन लामो भेट उत्तरकोरियाली समकक्षी किम ह्योक चोलसँग गत बर्षको जुनमा सिङ्गापुरमा अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमबीचभएको पहिलो शिखर सम्मेलनले तय गरेको मार्गचित्र अनुसार नयाँ वार्तालाई अघि बढाउने प्रतिवद्धता व्यक्त भएको थियो । 

बेइगनले जनवरी ३१मा अमेरिकी पक्षले वार्ताको तयारीका लागि छलफल गर्नेमा जोड दिँदै उत्तर कोरियाको आणविक निशस्त्रिकरण हुनुपूर्व अमेरिकाद्वारा प्योङयाङमाथि लगाएको प्रतिबन्ध फुकुवा नहुने बताउनुभएको थियो । 

दोस्रो शिखर सम्मेलन पहिले बेइगन र किमह्याक चोलबीच तयारीका लागि पुनः भेट्ने सहमति भएको थियो । यसै सहमति अनुसार अमेरिकी टोली एशिया आउने विदेशमन्त्री पोम्पेओको भनाइ आएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य