२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भ्रष्टाचारको अभियोग लागेका माल्दिभ्सका पूर्वराष्ट्रपति यमिनलाई पक्रन आदेश

२०७५, ७ फाल्गुन मंगलवार ०६:५०

माघ ७, माल्दिभ्स । माल्दिभ्सका पूर्वराष्ट्रपति तथा प्रभावशाली नेता अब्दुल्ला यमिनलाई सोमबार पक्राउ गर्न आदेश दिइएको छ । 

सम्पत्ति शुद्धिकरणसम्बन्धी अभियोगमा उहाँलाई थप अनुसन्धान गर्नु परेकाले पक्राउ गर्न आदेश दिइएको अधिकारीहरुले जनाएका छन् । माल्दिभ्सको एउटा अदालतले गरेको प्रारम्भीक सुनुवाइमा नै उहाँले सम्पत्ति शुद्धिकरण गरेको देखिएकाले पक्राउ गर्न आदेश दिएको समाचारमा उल्लेख छ । 

उहाँले आफू राष्ट्रपतिको जिम्मेवारीबाट बाहिरिनुअघि दश लाख ५० हजार डलर सम्पत्ति शुद्धिकरण गरेको अभियोग लगाइएको छ । उहाँलाई पक्राउ गर्न आदेश दिने अदालतद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “शक्ति र पदको दुरुपयोग गरेर यमिनले सम्पत्ति शुद्धिकरणसम्बन्धी अवैध काम परेको प्रमाण र आधारहरु पेस भएका छन् ।” 

राजधानी नजिकै रहेको धुनिधु कारागारमा उहाँलाई राख्न सकिने पनि अधिकारीहरुले जानकारी दिएका छन् । माल्दिभ्समा निकै प्रभावशाली नेता मानिने यमिन गत सन् २०१३ देखि शक्तिमा आउनु भएको थियो । त्यसपछि उहाँले आफ्ना विपक्षीहरुलाई अनेक अभियोग लगाउँदै कारागार पठाउन लगाउनु भएको थियो । 

आफ्नो कार्यकालमा चीनसँग राम्रो सम्बन्ध बनाउनु भएका यमिनविरुद्ध अन्य पनि अभियोगहरु लगाइएको छ । तर पूर्वराष्ट्रपति यमिनले भने आफूविरुद्धका सबै आरोपको खण्डन गर्दै आउनुभएको छ । 

चोरी, घुस र आर्थिक अपचलनसम्बन्धी ठूलो अभियोग लगाउँदै केही दिन पहिले उहाँका विरुद्धमा प्रहरीले प्रहरीले महान्याधिवक्ताको कार्यालयमार्फत मुद्दा दर्ता गरेको थियो । नयाँ राष्ट्रपति इब्राहिम सोलिह नेतृत्वको सरकारले केही हप्ता पहिलो एक वक्तव्य जारी गर्दै पूर्वराष्ट्रपति यमिनको कार्यकालमा भएका अनियमितता वा राज्य शक्तिको दुरुपयोगसम्बन्धी कुनै विवरण वा प्रमाणहरू भएमा उपलब्ध गराउन आह्वान गरेको थियो । 

वक्तव्यमार्फत गरिएको आह्वानअनुसार प्राप्त अनियमिततासम्बन्धी केही विवरणहरू राष्ट्रपतिको कार्यालयले गत जनवरीको सुरुआती दिनमै सार्वजनिक गरेको थियो । गत सेप्टेम्बर २३ मा भएको निर्वाचनबाट सोलिह राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । 

अहिले भ्रष्टाचारको अभियोग लागेका पूर्वराष्ट्रपति यमिनले भने निर्वाचनमा धाँधली भएको भन्दै शुरुमा मतपरिणाम अस्वीकार गर्नुभएको थियो । तर अदालतको फैसलापछि मात्रै उहाँले आफ्नो पराजयलाई स्वीकार गर्दै राष्ट्रपतिको पद हस्तान्तरण गर्नुभएको थियो । 

सानो एशियाली मुलुक माल्दिभ्समा पछिल्लो समय प्रतिशोधको राजनीति हावी भएको देखिएको छ । एएफपी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै