२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरिया अदालतले तोक्यो कामदारको उमेर हद, कति वर्षसम्म काम गर्न पाइन्छ ?

९ फाल्गुन २०७५, बिहीबार १०:५४

फागुन ९, सियोल– दक्षिण कोरियाको सर्वोच्च अदालतले कामदारका लागि योग्य हुन अधिकतम उमेर हद ६५ वर्ष तोक्न आदेश दिएको छ । अदालतको यस आदेशले अवकाशको उमेर र केही उद्योगमा प्रभाव पार्नेछ । 

सर्वोच्च अदालतको पूर्ण इजलासमा १०–३ मतदानबाट उक्त आदेश भएको हो । परिवारका एक सदस्य डुबेको सम्बन्धी मुद्दामा पीडितको उमेर ६० वर्ष कायम गर्नेगरी पुनरावेदन अदालतले सुनाएको आदेशलाई सर्वोच्च अदालतले उल्ट्याएको हो । 


बिहीबारको उक्त आदेशसँगै पुनरावेदन अदालतले पार्क डोङ–ह्यून र उनको परिवारका सम्बन्धमा नयाँ आदेश जारी गर्नेछ । अगस्ट २०१५ मा ४ वर्षका छोराको पौडी पोखरीका सञ्चालकको लापरवाहीका कारण मृत्यु भएको भन्दै पार्कले ४ लाख ४० हजार क्षतिपूर्ति माग गरेका थिए । 

परिवारका सदस्यहरुले आफ्नो बच्चाले ६५ वर्षसम्म काम गर्न सक्ने र त्यसबाट कमाई हुने रकमको अनुमान गरी क्षतिपूर्ति दाबी गरेका थिए । 

तल्लो अदालतले भने पौडी पोखरी सञ्चालकको पक्षमा आदेश दिएका थिए । अदालतले सर्वोच्च अदालतको सन् १९८९ को आदेशलाई नजीर मानेको थियो, जसमा अधिकतम कार्य उमेरलाई ५५ बाट ६० वर्ष कायम गरिएको थियो । 

लामो समयदेखि चलेको यस मुद्दामा सर्वोच्च अदालतले मुलुकको पछिल्लो परिस्थिति परिवर्तन भएको र कार्य उमेरको गणना वस्तुगत आधारमा गरिएको जनाएको छ । 

ओइसीडीको सन् २०१७ को प्रतिवेदन अनुसार कोरियालीको औसत आयू पुरुषको ७९.७ र महिलाको ८५.७ वर्ष रहेको छ । सरकारी र निजी कम्पनीमा अवकाश उमेर पनि ६० वर्ष पुर्याएको छ । –योनहाप

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…