२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सवारी दुर्घटनामा १९ जनाको मृत्यु

२०७५, ११ फाल्गुन शनिबार ०८:२०

फागुन ११, दार–ए–सलाम | सवारी दुर्घटनामा परी तान्जिनियामा बिहीबार राति कम्तिमा १९ जनाको मृत्यु भएको छ । 

सीमा क्षेत्रमा पर्ने तान्डुमबाट दार–ए–सलामतर्फ आइरहेको मालबहाक मिनि ट्रकले विपरित दिशाबाट आइरहेको अर्को मिनि ट्रकलाई ठक्कर दिएपछि दुर्घटना भएको हो । 

सोङवे क्षेत्रीय अस्पतालका मेडिकल अफिसर हेनरी काग्वाले दुर्घटनामा परी १७ जनाको घटनास्थलमै र अरु दुई जनाको अस्पतालमा मृत्यु भएको शुक्रबार जानकारी दिनुभयो । 

स्थानीय समय अनुसार बिहीबार बेलुका नौ बजेतिर सेन्जेल हिलमा दुर्घटना भएको अधिकारीहरुले जनाएका छन् । 

मृत्यु भएका मध्ये १५ जना महिला र चार जना पुरुष रहेका छन् । एउटा मिनि ट्रकले नियन्त्रण गुमाएर अर्को मिनि ट्रकलाई ठक्कर दिएकाले धेरै जनाको मृत्यु भएको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै