२०८२, २८ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ट्युशन पढाउने शिक्षकको अपहरण आइडिया, २० लाख लिएपछि गरे जुम्ल्याहा दाजुभाइको हत्या

२०७५, १४ फाल्गुन मंगलवार ०६:४५

फागुन १४, काठमाडौं | भारतको मध्यप्रदेशस्थित चित्रकुटमा दुई जुम्ल्याहा भाइको अपहरणपश्चात् हत्या भएको छ । पुलिसका अनुसार ती बच्चाहरुलाई ट्युशन पढाउने शिक्षक रमकेश यादवले अपहरणको आइडिया दिएका थिए । 

उनैले आफ्ना साथीलाई बच्चाका पिता निकै धनी भएको बताएका थिए । यादव बच्चाहरुलाई पढाउन घरैमा जाने गरेका थिए ।

यस्तै, बच्चाका पिताबाट फिरौतीको २० लाख पाएपछि आरोपीले बच्चाहरुलाई ‘यहाँबाट छुटेपछि हामीलाई चिन्छौ ?’ भनेर सोधे । बच्चाहरुले ‘चिन्छौँ’ भनेपछि उनीहरुको हत्या गरिएको बताइएको छ ।


६ वर्षे श्रेयांश र प्रियांशलाई उनीहरुको स्कूल बसमा बन्दुक देखाएर दिउँसै अपहरण गरिएको थियो । अपहरणकर्ताले बच्चाका पितासँग दुई करोडको फिरौती मागेका थिए । तर अपहरणकर्ताले बच्चाहरुलाई पानीमा डुबाएर हत्या गरे ।

तेल व्यवसायी ब्रजेश रावतका ६ वर्षका जुम्ल्याहा छोराहरुको शव शनिबार राती उत्तर प्रदेशको बान्दा जिल्लाको औगासी घाटमा भेटियो । दुबैको हात–खुट्टा जंजिरले बाँधिएको थियो । अपहरणकर्ताले २० लाखको फिरौती लिएपछि बच्चाको हत्या गरिदिए ।

प्रहरीका अनुसार आरोपीले दुई बच्चालाई सुरुमा क्लोरोफर्म सुँघाएर बेहोस गरेर साङ्लाले हात–खुट्टा र ढुङ्गा बाँधेर यमुना नदीमा फ्याँके । पुलिसले शनिबार घटनाका मास्टरमाइन्ड पदम शुक्लासहित सबै ६ आरोपीलाई पक्राउ गरे र उनीहरुले देखाएको ठाउँमा राती यमुना नदीबाट बच्चाको शव भेटे ।

फेब्रुअरी १३ मा अपहरणकारीले बच्चाको परिवारलाई दुई करोड फिरौतीको माग गर्दै फोन गरे । १८–१९ फेब्रुअरी बेलुकी ४ बजे पनि अपहरणकारीले बच्चाका पितासँग फोन गरेका थिए । एजेन्सीबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न