२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दक्षिण कोरिया महिला कामदारलाई कम ज्याला दिने मुलुकमध्ये अग्रस्थानमा

१४ फाल्गुन २०७५, मंगलवार ०८:५६

फागुन १४, दक्षिण कोरिया | महिला कामदारलाई कम ज्याला दिने मुलकमध्ये दक्षिण कोरिया अग्रस्थानमा रहेको अर्गनाइजेसन फर इकोनोमिक कोअपरेसन एण्ड डेभलपमेन्ट (ओइसिडी)ले तयार पारेको प्रतिवेदनमा सोमबार जनाइएको छ । 

सन् २०१७ को तथ्याङ्क अनुसार दक्षिण कोरियाका ३५.५ प्रतिशत महिला कामदारले मापदण्डभन्दा कम ज्याला भूक्तानी पाउने गरेका पाइएको छ । 

ओइसिडी राष्ट्रका कामदारको औसत आम्दानीभन्दा दुई तिहाइ कमी ज्याला भूक्तानी पाउने श्रमिकको आम्दानीलाई न्युनतम आम्दानी भएको मानिन्छ । 

३६ राष्ट्रहरू सदस्य रहेको ओइसिडीमा दक्षिण कोरियाका महिलाको ज्याला भूक्तानी दरमा आर्थिक हिसाबले सम्वृद्ध मानिने आठ मुलुकमध्ये सबैभन्दा अग्रस्थानमा रहेको सन् २०१७ को तथ्याङ्कले देखाएको छ । दुई नम्बरमा रहेको अमेरिकामा २९.०७ प्रतिशत महिलाको आम्दानी मापदण्डभन्दा कम रहेको पाइएको छ । 

सर्वेक्षणले सन् २०१६ मा २३ देशको तथ्याङ्क तुलना गरेको थियो जसमा उक्त बर्ष ३७.२ प्रतिशत महिलाको आम्दानी मापदण्डभन्दा कम रहेको थियो । सन् २०१६ मा इजरायल ३०.४२ प्रतिशतसहित दोस्रो कम ज्याला भूक्तानी गर्ने स्थानमा रहेको थियो । 

सन २०१७ मा ओइसिडी राष्ट्रका लागि औषत ज्याला भूक्तानी प्रतिशत दर २०.०१ प्रतिशत रहेको थियो । 

यद्यपि दक्षिण कोरियाका लागि सान्त्वनाको कुरा के छ भने महिलालाई निम्न ज्याला दिने मुलुकको अग्रस्थानमा नाम आएपनि आफ्नै पूराना रेकर्डलाई भने कोरियाले सुधार गरेको छ । सन् २००० मा यो दर ४५.७७ थियो भने २०११ मा ३८.२१ रहेको थियो । तर सन् २०१४ पछि महिलालाई दिइने ज्यालादरमा क्रमशः वृद्धि भएको छ । 

दक्षिण कोरियामा पुरूष कामदारलाई दिइने ज्याला भने सन् २०१७ मा औषतको नजिक रहेको देखिएको तथ्याङ्कमा छ । 

कम ज्याला पाउने पुरूष १४.३ प्रतिशत रहेको र आठ मुलुकमध्ये पाँचौँमा परेको छ । यो दर सन् २०१६ मा १५.३ प्रतिशत रहेको र मापन गरिएका २४ मुलुकमध्ये नवौँमा परेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस