२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पाकिस्तान र भारतबीच दोहोरो भिडन्त, पाकिस्तानले २ र भारतले १ लडाकु बिमान खसालेको दावी !

२०७५, १५ फाल्गुन बुधबार ०७:२१

फागुन १५, काठमाडौं | भारतले पाकिस्तानमा हवाई हमला गरेसंगै दुइ देशबीच तनाव बढेको छ | पाकिस्तानी सेनाले भारतका दुई लडाकू विमानलाई खसालेको दाबी गरेको छ ।

पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले ट्वीट गरेर पाकिस्तानी वायु सेनाले पाकिस्तानी एयर स्पेसमा प्रवेश गर्ने दुई भारतीय लडाकू विमान खसालेको जानकारी दिएका छन् ।



दुई लडाकू विमानमध्ये एक एजेएण्डकेमा खसेको र अर्को आईओकेमा खसेको आसिफले बताएका छन् । एक भारतीय पाइलटलाई पक्राउ गरिएको पनि उनले जानकारी दिए ।

तर समाचार एजेन्सी पिटिआई र रोयटर्सका अनुसार बालाकोट हमलाको भोलिपल्ट अर्गात् बुधबार पाकिस्तानका विमानले भारतीय वायु सीमामा प्रवेश गर्यो ।


एजेन्सीका अनुसार पाकिस्तानी विमान जम्मू–कश्मिरको राजौरी जिल्लाको नौशेरा सेक्टरमा प्रवेश गरेको छ ।

समाचार एजेन्सी पिटिआईका अनुसार भारतको विमानले पाकिस्तानी विमानलाई भगाउन बाध्य बनाएको जसका कारण त्यो पाकिस्तान प्रशासित काश्मिरतर्फ भागेको छ ।

त्यस्तै भारतीय सीमाक्षेत्र उल्लंघन गरेको पाकिस्तानी लडाकु विमान पनि भारतले खसालेको दाबी गरेको छ । भारतीय वायुसेनाले एफ–१६ लाई खसोलेको भारतीय मिडियाले दाबी गरिरहेका छन् । ताजा स्थितीपछि काश्मिरको पूरा एयर फिल्ड सील गरिएको छ ।  एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै