२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आफ्नो माग सुनुवाई नभएको भन्दै अस्पतालको छैटौं तल्लाबाट हाम फाले २ नर्स

१७ फाल्गुन २०७५, शुक्रबार ०२:५६

फागुन १७, काठमाडौं । जागिर नियमित गराउनुपर्ने मागको विषयमा पछिल्लो २३ दिनदेखि भारतको पटियाला शहरको राजिन्दरा अस्पतालको छैटौं तल्लामा प्रदर्शन गरिरहेका दुई नर्स त्यहाँबाट हाम फालेका छन् । 


छलफलमा आफ्नो माग सुनुवाई नभएको थाहा पाएपछि दुई नर्सले अरदास (सिखको प्रार्थना) पढेर हाम फालेका थिए ।

घटनाका बेला लगभग सात सयको उपस्थिती थियो । प्रशासनका अधिकारीलगायत पुलिस जवानको सामुन्ने यी दुईले हाम फालेका हुन् । दुबैको स्थिती चिन्ताजनक भएको भारतीय मिडियाले बताएको छ ।

घाइते नर्सको नाम कर्मजीत कौर औलख र बलजीत कौर खालसा हो । दुबै आइसियूमा भर्ना छन् । कर्मजीत नर्सिङ असोसिएशनकी प्रमुख हुन् । स्वास्थ्य मन्त्री ब्रह्म मोहिन्दरादेखि पुलिस र प्रशासनले नर्सले हाम फाल्ने संकेत पाएपनि उनीहरुलाई रोक्न कुनै पनि प्रयास नगरिएको  आरोप लागेको छ ।


प्रत्यक्षदर्शीका अनुसार उनीहरुलाई बचाउनका लागि एउटा माछा समात्ने जाली र दुई इन्च मोटो कार्पेट बिछ्याइएको थियो । कर्मजीतले एक हप्ता अघि एउटा भिडियो पोष्ट गर्दै उनले बिहिबार चन्दीगढमा हुने छलफलमा नियुक्तिपत्र नदिए आफू अर्की नर्स साथीसँगै हाम फालेर आत्महत्या गर्ने चेतावनी दिएकी थिइन् । स्वास्थ्यमन्त्रीले उनको मागमा अर्को हप्ता चर्चा गरिने बताएका थिए । एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य