२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नाइजेरियामा ३२ जनाको हत्या

१८ फाल्गुन २०७५, शनिबार ०८:५३

फागुन १८, नाइजेरिया | आपराधिक समूहको आक्रमणमा परी नाइजेरियाको उत्तरपश्चिमी क्षेत्रमा कम्तीमा ३२ जनाको मृत्यु भएको छ । 

स्थानीय प्रत्यक्षदर्शीले शुक्रबार एएफपीलाई दिएको जानकारीअनुसार मारिनेमा “भिजलान्ते”हरु रहेका छन् । 

मोटरसाईकलमा आएका बन्दुकधारीहरुले बिहीबार बेलुकी जाम्फारा राज्यको शिङकाफी जिल्लाको कवार गाँउमा गोली प्रहार गरेका थिए । 

“आपराधिक समूहको आक्रमणमा परी मृत्यु भएका ३२ जनाको शव हामीले नियन्त्रणमा लिएका छौँ,” स्थानीय सुकाइमान शुअ‍ैबुले भन्नुभयो । 

नाइजेरियाकै अर्को एउटा क्षेत्रमा २७ जनाको हत्या भएको केहीदिनपछि अर्को आक्रमणको घटना भएको हो । 

ठूलो संख्यामा आएका उनीहरुले स्थानीय समयानुसार ३.३० मा आक्रमण गरेको अधिकारीहरुले जनाएका छन् । 

“घटनामा परी ३२ जनाको घटनास्थलमै मृत्यु भएको छ भने अरु कैयौ घाइते भएका छन्,” एक अधिकारीले भने । 

जाम्फारा राज्यका प्रहरी प्रवक्ता मोहम्मद शेहुले घटनाको पुष्टि गर्दै थप विवरण दिन भने अस्विकार गर्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…