२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारत नियन्त्रित काश्मिरमा ६ जनाको मृत्यु, ३० घाइते

१८ फाल्गुन २०७५, शनिबार १०:२१

फागुन १८, श्रीनगर | भारत नियन्त्रित काश्मिरमा भएको दुर्घटनामा परी कम्तीमा छ जनाको मृत्यु भएको छ भने अरु ३० जना घाइते भएका छन् । 

यात्रु बोकेको बस पहाडी बाटोबाट तल खसेर दुर्घटना भएको स्थानीय प्रहरी अधिकारीले शनिबार जानकारी दिएका छन् । 

भारत नियन्त्रित काश्मिरको गृष्मकालिन राजधानी श्रीनगरबाट झण्डै २०४ किलोमिटर टाढा पर्ने उधाम्पुर जिल्लाको माजाल्तामा शुक्रबार राति दुर्घटना भएको हो । 

दुर्घटनामा परी घाइते भएका मध्ये केहीको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने अधिकारीहरुले बताएका छन् । 

घाइतेलाई उपचारका लागि तत्कालै जम्मुमा रहेको सरकारी मेडिकल कलेजमा लगिएको उनीहरुको भनाइ छ । 

प्रहरीका अनुसार बसले स्थानीय यात्रु बोकेको थियो । उनीहरुले घटनाका बारेमा अनुसन्धान सुरु गरिसकिएको पनि बताएका छन् । 

भारतमा सवारी दुर्घटना अत्यधिक धेरै हुने गरेको छ भने दुर्घटनाका कारण बर्षेनी हजारौँको मृत्यु हुने गरेको छ । 

विषेश गरेर सवारी साधन र सडकको अवस्था ठिक नरहनु, चालकको लापर्वाहीलगायतका कारणले भारतमा धेरै दुर्घटना हुने गरेको अधिकारीले बताएका छन् । रासस÷सिन्ह्वा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य